Home Login
खेलकुद

लिस्बनमा भव्य ‘प्रथम मोना कप फुटबल प्रतियोगिता’ हुँदै, विजेतालाई ५ हजार युरो

पोर्चुगल — म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति पोर्चुगलको आयोजनामा राजधानी लिस्बनमा भव्य खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ ।

‘खेल स्वास्थ्यको लागि, खेलाडी राष्ट्रको लागि’ भन्ने मूल नाराका साथ युरोपमा रहेका नेपाली समुदायलाई एकताको सूत्रमा बाँध्ने र आपसी भाइचारा बढाउने उद्देश्यले ‘प्रथम मोना सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता २०२६’ आयोजना गर्न लागिएको हो ।

आगामी अप्रिल ५ तारिख आइतबारका दिन लिस्बनस्थित भिक्टोरिया क्लुब डे लिस्बोवा (Vitória Clube de Lisboa) को मैदानमा सञ्चालन हुने यस प्रतियोगितामा निकै आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ ।

आयोजकका अनुसार प्रतियोगितामा प्रथम हुने टिमले ५ हजार युरो नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसैगरी, द्वितीय स्थान हासिल गर्ने टिमलाई २ हजार ५ सय युरो नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

टिमगत पुरस्कारका अलवा खेलमा उत्कृष्ट प्रदर्शन गर्ने व्यक्तिगत विधामा पनि सम्मान गरिनेछ । जसअन्तर्गत उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई समेत विशेष पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागी हुन चाहने टिमहरूका लागि आगामी मार्च २० तारिखसम्म दर्ताको अन्तिम मिति तोकिएको छ । टिम दर्ता शुल्क ५०० युरो र धरौटी रकम ५० युरो निर्धारण गरिएको छ । पोर्चुगलमा रहेका नेपाली खेलप्रेमीहरूबीच उत्साह थप्न र खेलकुदको विकास गर्न यो प्रतियोगिताले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास मोना पोर्चुगलले लिएको छ । खेल सम्बन्धी थप विस्तृत जानकारी लिन तथा आफ्नो टिम दर्ता गराउन चाहनेले आयोजकको सम्पर्क नम्बरहरू ९२०८२५६३७, ९२०५८०५४६ र ९२०४४१०५२ मा सिधै सम्पर्क गर्न सक्नेछन् ।

Leave a Reply