Home Login

Recent Facebook Posts

पोर्चुगल

शेर्पा किदुक पोर्तुगलको सातौं अधिवेशन सम्पन्न

पोर्तुगल । पोर्चुगलको राजधानी लिस्बनमा आज सम्पन्न शेर्पा किदुक पोर्तुगलको सातौं  अधिवेशनले अध्यक्ष राजेन्द्र शेर्पा, वरिष्ठ उपाध्यक्षमा डेन्डी शेर्पा, उपाध्यक्षमा पासाङ्ग शेर्पा, महासचिव पेमा शेर्पा कोषाध्यक्षमा निमदिकी शेर्पा र सहकोषाध्यक्षमा पशी शेर्पा लगायत १७ कार्यसमिति निर्वाचित भएका छन् ।

निर्वाचन समितिका संयोजक धनराज शेर्पाले हामटजानकारी दिनु भयो ।

किदुकको अधिवेशनको उद्घाटन प्रमुख अतिथि खेम्पो नवाङ पेमाले गरेका थिए । विशेष अतिथिमा विश्व शेर्पा संघका केन्द्रीय सदस्य धनराज शेर्पा, नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष बौद्धप्रसाद गुरुङ, अतिथिहरुमा नेपाल आदिवासी जनजाति महासंघ पोर्चुगलका प्रतिनिधि लगायत विभिन्न जातीय मातृसंस्थाका प्रतिनिधिहरुले पनि शुभकामना मन्तव्य दिएका थिए ।

निमा शेर्पाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिव लाक्पा छोटी शेर्पाले गर्नुभएको थियो ।

सम्पुर्ण नयाँ कार्यसमिति सदस्यहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको सुभकामना ।

Leave a Reply