Home Login

Recent Facebook Posts

पोर्चुगल

मोना पोर्चुगलद्वारा मोना साँस्कृतिक साँझ हुदै ।

(मोना पोर्चुगलले लोकप्रिय गायक प्रकाश दुतराजको साथमा मोना साँस्कृतिक साँझ हुदै)

गायक प्रकाश दुतराज,गायिका अनु गुरुङ र डान्सर देवि गर्बुजाको साथमा मोना पोर्चुगलद्वारा मोना साँस्कृतिक साँझ हुने भएको छ।

म्याग्दी प्रबासी नेपाली संघ मोना पोर्चुगलले यहि सेप्टेम्बर १५ तारिख आईतबार जम्बुजिरा दु मारमा र सेप्टेम्बर २२ तारिख आईतबार राधा कृष्ण मन्दिर लिस्बनमा मोना साँस्कृतिक साँझ हुने भएको हो।

लोकप्रिय गायक प्रकाश दुतराजको रिमै,देउरालिमा धजा,घर कता हो बैनिको,बैनि झ्यालैमा,जाम भो माईलि,चोलि मैलो भो,जुन माया,डाडै काटेर जस्ता निकै चर्चित गीतहरुको साथमा मोना साँस्कृतिक साँझ हुने भएको आयोजकले बताए ।

उक्त कार्यक्रमको लागि आयोजकले टिकटको समेत व्यवस्था गरेको छ।टिकट शुल्क लिस्बनको लागि १५ युरो र जम्बुजिरा दु मारको लागि १० युरो रहेको आयोजक मोना पोर्चुगलका अध्यक्ष नर फगामी मगरले बताए।

कार्यक्रम लिस्बनमा साझ १८:०० बजे बाट १२:०० बजे सम्म जम्बुजिरा दु मारमा भने साझ १८:०० बजे बाट ११:०० बजे सम्म हुने भएको हो ।

Leave a Reply