Home Login

नयाँ फेसबुक पोस्ट हारु

Recent Stories

Recent Stories

पोर्चुगल

मदेईरा टापुमा मनाइयो सोनाम ल्होछार

सुमन अधिकारी ।

मदेईरा — युरोपेली मुलुक पोर्चुगल स्थित मदेईरा टापुमा रहेका तामाङ परीवारद्वारा तामाङ समुदायहरूको मौलिक पर्व सोनाम ल्होछारको अवसरमा बृहत् साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।

मंगलबार सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथिमा राप्रपा नेपालको संस्थापक राष्ट्रिय अध्यक्ष आईतराम तामाङ रहेका थिए भने विशेष अतिथि लामा गुरु निमा लामा रहेका थिए ।

आयोजक तथा व्यबस्थापक मदेईरा तामाङ परीवारका अमर पाख्रिन तामाङ र रोशन तामाङले बताए अनुसार उक्त कार्यक्रममा मदेईरा टापुमा बसोबास गर्ने नेपालीहरूको बाक्लो उपस्थिति रहेको थियो।

मदेईरा टापु स्थित फुञ्चलमा रहेको नेपाली रेस्टुरेन्ट पुरानो बास्मतीमा सम्पन्न भएको कार्यक्रममा कार्यक्रम सञ्चालन मनिषा वमजन, सुमित्रा तामाङ र सवि लामाले संयुक्त रुपमा गरेका थिए।

Leave a Reply