अभिनेता अनमोल केसीलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौँमा उपस्थित

काठमाडौँ । अभिनेता अनमोल केसीलाई प्रहरीले जिल्ला अदालत काठमाडौँमा उपस्थित गराएको छ। म्याद थपका लागि केसीलाई जिल्ला अदालत काठमाडौँमा उपस्थित गराउन अघि उनलाई आइतबार सरकारी वकिलको कार्यालयमा लगिएको थियो। आपराधिक विश्वासघात गरेको कसुरमा उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई शुक्रबार पक्राउ गरेको थियो। केसीलाई पक्राउपछि महराजगञ्ज स्थित चिरायु अस्पतालमा राखिएको छ। रावायण फिल्म खेल्छु भनेर १० लाख पेस्की लिएर खेल्न आनाकानी गरेपछि निर्माण युनिटले उनीविरुद्ध ‘आपराधिक विश्वासघात’ गरेको कसुरमा जाहेरी दिएका थिए। अनमोलले आफूलाई प्रहरीले धरपकड गरेको भन्दै उच्च अदालत पाटनबाट अन्तरिम आदेश लिएका थिए। तर, देवानी कसुरमा पक्राउनगर्नु भन्ने आदेश लिएपनि फौजदारी कसुरमा उनीविरुद्ध पक्राउ अनुमति जारी भएको हुनाले मुद्दा अनुसन्धानमा असर नपर्ने अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन्। आर्यन धिमाल पोर्चुगलबाट सन्चालित अनलाइन नेपाली न्युज पोर्टलको अफिसियल फेसबुक पेजलाई लाइक र फलो गर्न नभुल्नु…

थप जानकारी...