Home Login

काठमाडौँ  — नेपाली सङ्गीत आकाशमा नयाँ नयाँ गीतहरू थपिने क्रम जारी रहेकै बेला चर्चित गायिका एलिना चौहान र गायक तथा सर्जक अमित बाबु रोकाएको सुमधुर स्वरमा सजिएको नयाँ गीत ‘ए मेरो मायालु’ बजारमा आएको छ । लामो समयदेखि दर्शक-श्रोताको रोजाइमा रहँदै आएकी गायिका चौहान र पछिल्लो समयका आशालाग्दा गायक रोकाएको युगल स्वरले गीतलाई निकै आकर्षक […]

जसमान् दर्नाल ‘जिवन’  (क्रोएसिया) — सात समुद्र पारिको बसाइ, कामको चाप, प्रतिकुल मौसम र समयको पाबन्दीका बाबजुद पनि नेपाली कला, संस्कृति र संगीतप्रतिको मोह कत्ति पनि कम भएको छैन । बरु, पछिल्लो समय युरोपेली मुलुक क्रोएसिया नेपाली युवापुस्ताका लागि सांगीतिक सिर्जनाको नयाँ उर्वर थलो बन्दै गएको छ । परदेशी भूमिका तमाम चुनौतीहरूलाई अवसर र सिर्जनामा […]

साइप्रस — नागरिक बोलीले पहिलो पटक साइप्रसमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै आयोजना गरेको अनलाइन गायन प्रतियोगिता ‘साइप्रस नेपाली भ्वाइस’ अब आफ्नो अन्तिम तथा निर्णायक चरणमा प्रवेश गरेको छ । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतलाई माया गर्ने प्रतिभाहरूलाई मञ्च प्रदान गर्ने उद्देश्यले सञ्चालित यस प्रतियोगिताको फाइनलमा मिङ्गमार दोर्जे लामा प्रवेश गर्न सफल भएका छन् । […]

जसमान दर्नाल जिवन (क्रोएसिया) — वैदेशिक रोजगारीको शिलशिलामा विगत पाँच वर्षदेखि युरोपेली मुलुक क्रोएसियामा संघर्षरत युवा गायक मनि काफ्लेले अङ्ग्रेजी नयाँ वर्ष २०२६ को अवसर पारेर आफ्नो नयाँ सांगीतिक सिर्जना दर्शक तथा श्रोतामाझ ल्याएका छन् । परदेशको व्यस्त दैनिकी र संघर्षका बीच पनि नेपाली संगीतप्रतिको अगाध प्रेमलाई जीवित राख्दै उनले ‘शुन्यता’ बोलको नयाँ म्युजिक भिडियो […]

लिस्बन (पोर्चुगल) — विगतमा एकपछि अर्को सफल कार्यक्रमहरू सम्पन्न गर्दै समुदायमा आफ्नो छुट्टै पहिचान बनाउन सफल संस्था ‘लिमिटलेस’ ले पोर्चुगलमा अङ्ग्रेजी नयाँ वर्ष २०२६ को अवसर पारेर भव्य कार्यक्रम ‘ठमेल नाइट’ आयोजना गर्ने भएको छ । परदेशमा रहेर पनि नेपाली उत्सवको झझल्को दिने र आपसमा खुसी साटासाट गर्ने उद्देश्यले आउँदो डिसेम्बर ३१ तारिखका दिन यो […]

काठमाडौँ — चर्चित लोक दोहोरी गायक तथा संगीतकार खेम सेन्चुरी र लोकप्रिय मोडल ओबी रायमाझी एक महिना लामो सांगीतिक यात्राका लागि युरोप प्रस्थान गरेका छन् । ‘रमाइलो युरोप टूर’ नाम दिइएको यस सांगीतिक अभियानका लागि यो जोडी शुक्रबार साँझ युरोपतर्फ उडेको हो । विशेष गरी चाडपर्वको अवसर पारेर आयोजना गरिएको यो टुरमा नेपाली डायस्पोरालाई संगीत […]

पोर्चुगल (लिस्बन) — युरोपेली मुलुक पोर्चुगललाई कर्मथलो बनाएका नेपाली कलाकारहरूको सक्रियतामा नयाँ मौलिक कौडा गीत ‘सम्झनाको फोटो’ सार्वजनिक भएको छ । शुक्रबार (नोभेम्बर २१) ‘डिजिटल लिस्बन’ को विशेष प्रस्तुतिमा यो गीत बजारमा आएको हो । प्रवासमा रहेर पनि नेपाली लोक भाका र संस्कृतिको संरक्षणमा जुटेका सर्जक मलीनराज गुरुङ र गायिका गीता पैजा मगरको सुमधुर स्वरमा […]

माल्टा — चर्चित लोक तथा दोहोरी गायक खेम सेन्चुरी र लोकप्रिय मोडल ओबी रायमाझीले आफ्नो सांगीतिक प्रस्तुति युरोपसम्म विस्तार गर्ने भएका छन् । ‘हाम्रो संस्कृति हाम्रो शान’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको ‘रमाइलो युरोप टुर’ मार्फत उनीहरूले युरोपमा रहेका नेपाली दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्ने भएका हुन् । ‘बीबी इभेन्ट’ ले पहिलो पटक आयोजना […]

हेलसिंकी — चर्चित रियालिटी शो ‘कमेडी च्याम्पियन’ बाट चर्चाको शिखरमा पुगेका हास्य कलाकार विशाल गौतम आफ्नो प्रस्तुति लिएर युरोप आउने भएका छन् । आफ्नो विशिष्ट शैलीको ‘एकल हास्य प्रहसन’ का लागि चिनिएका गौतमले आगामी नोभेम्बर र डिसेम्बर महिनामा युरोपका विभिन्न देशहरूमा रहेका नेपाली दर्शकलाई हँसाउने भएका हुन् । उनको यो युरोप भ्रमण मामा ईभेन्ट्स र […]

काठमाडौं —  लोकप्रिय गायक तथा संगीतकार अर्जुन सापकोटाले आफ्नो पछिल्लो सांगीतिक कोसेली ‘झलिको’ सार्वजनिक गरेका छन् । समसामयिक विषयवस्तुमाथि गीत बनाउन सिपालु सापकोटाले यसपटक वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको गहिरो असरलाई गीतको विषय बनाएका छन् । सापकोटाको आफ्नै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको यस गीतमा उनीसँगै वर्तमान समयका दुई चर्चित गायिका मेलिना राई र समीक्षा […]