Home Login

काठमाडौं —  गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न १२ औं महाधिवेशनको संघारमा अध्यक्ष पदका बलिया प्रत्यासी एवं वर्तमान उपाध्यक्ष रोविन शेरचनले विश्वव्यापी दौडाहा सुरु गर्ने भएका छन् । संघभित्र देखिएको विवाद समाधान गरी एकताको सन्देश प्रवाह गर्न विभिन्न मुलुकका राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूको निम्तोमा शेरचनले अर्को सातादेखि दुई हप्ते विश्व भ्रमण सुरु गर्न लागेका […]

लाक्पा तेन्जी शेर्पा । रोमेनिया (बुखारेस्ट) — रोमेनियामा कार्यरत तथा स्थायी रूपमा बसोबास गरिरहेका नेपाली युवाहरूको सक्रिय सहभागितामा गैर आवासीय नेपाली संघ, रोमेनिया (एनआरएनए रोमानिया) को तदर्थ समिति गठन गरिएको छ । मिति २०८२ साल माघ २५ गते आइतबार बुखारेस्टमा आयोजित भेलाबाट प्रवासी युवा व्यवसायी तथा सामाजिक अभियानलाई संस्थागत रूपमा अघि बढाउने उद्देश्यसहित तदर्थ समिति गठन […]

सोल – दक्षिण कोरियामा गैरआवासीय नेपाली संघ (एनआरएनए) को हालै भएको एकताको सकारात्मक शुरुवात भएको छ । गैरआवासीय नेपाली संघ जापानद्धारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्न सोमबार कोरिया पुगेका संघका उपाध्यक्ष डा. हेमराज शर्मा को अन्तरक्रिया कार्यक्रममा एनआरएनए कोरियाका ५ जना पूर्वअध्यक्षहरु ६ वर्षपछि एउटै मञ्चमा उपस्थित भएका थिए र एकताको सन्देश दिएका छन् । डा. […]

काठमाडौँ — गैरआवासीय नेपाली संघ (एनआरएनए) को अन्तर्राष्ट्रिय सम्मेलन तथा १२ औँ महाधिवेशन आगामी फेब्रोअरी महिनामा हुने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औँ महाधिवेशनको तयारीका लागि गठन गरिएको स्टेरिङ कमिटीको आइतवार बसेको दोस्रो बैठकले संघको बृहत् एकता महाधिवेशन फेब्रोअरी २३ देखि २६ तारिखसम्म काठमाडौँमा गर्ने निर्णय गरेको हो । बैठकमा संघको […]

पोर्चुगल — गैर आवासीय नेपाली संघमा विगत चार वर्षदेखिको संक्रमणकाल अन्त्य भएको छ । दशौँ अन्तर्राष्ट्रिय महाधिवेशनपछि सिर्जित परिस्थितिका कारण विभाजित बन्न पुगेको संघको दुई नेतृत्वबीच आइतबार प्रधानमन्त्री सुशीला कार्कीको रोहबरमा एक ऐतिहासिक सहमति भएको हो । विगतदेखि देखिएका असमझदारी समाधान गरी सहमति र सहकार्यको मार्गबाट संघलाई भावनात्मक रूपमा पुनः एकताबद्ध बनाउने पवित्र उद्देश्यले भएको […]

इटाली — गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनसीसी) इटालीको नवौं अधिवेशन नोभेम्बर ९ तारिखका दिन इटालीको मिलान शहरमा सम्पन्न भएको छ । अधिवेशनमा नेपाली वाणिज्य दूतावास रोमका तर्फबाट वाणिज्य दूत पाओलो नुगारी प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा एनआरएनए युरोप संयोजक प्रेम गुरुङ र एनआरएनए इटालीका संस्थापक अध्यक्ष डा. भिमबहादुर बम विशेष अतिथिको रूपमा […]

पोर्चुगल — ‘नेपालीका लागि नेपाली’ भन्ने मूल मन्त्रका साथ सन् २००३ मा सुरु भएको गैरआवासीय नेपाली अभियान (एनआरएनए) २२ वर्ष पूरा भएको अवसरमा राष्ट्रिय समन्वय परिषद्, पोर्चुगलले स्थापना दिवस विशेष कार्यक्रमका साथ मनाएको छ । पोर्चुगलको लिस्बनमा आयोजित सो कार्यक्रममा शुभकामना आदान–प्रदान तथा अन्तरक्रिया सत्रसमेत सम्पन्न भएको थियो । कार्यक्रममा परिषद्का अध्यक्ष बमबहादुर जीसीले अध्यक्षता […]

पोर्चुगल (लिस्बन) — गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् पोर्चुगलले आज मङ्गलबार नेपाली राजदूतावास लिस्बनमा १२ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै दूतावासमार्फत उपलब्ध हुने कागजी सेवामा शुल्क न्यूनिकरण गर्न माग गरेको छ । संघका अध्यक्ष बम बहादुर जी.सी.को नेतृत्वमा गएको टोलीले महामहिम राजदूत प्रकाश मणि पौडेललाई बुझाएको उक्त ज्ञापनपत्रमा, हालका सेवा शुल्कहरू पोर्चुगलको आम्दानी स्तरको तुलनामा […]

युरोप  —  अक्टोबर ११ देखि १४ सम्म काठमाडौँमा हुने भनिएको गैर–आवासीय नेपाली संघ (एनआरएनए) को  आगामी १२ औ अधिबेशनमा गैर–आवासीय नेपाली संघ (एनआरएनए) युरोप क्षेत्रका वर्तमान उप–संयोजक रोबोट  लिम्बुले आगामी कार्यकालका लागि युरोप संयोजक पदमा आफ्नो उम्मेदवारी दिने भयेका छन । गएको अधिबेशनको निर्वाचनमा सबैभन्दा बढी मत ल्याउँदै यूरोप उप–संयोजक पदमा निर्वाचित भएका लिम्बु यसपटकको […]

पोर्चुगल — गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलका नवनिर्वाचित अध्यक्ष बमबहादुर जीसीले आफ्नो २०२५-०२७ को कार्यकाललाई पोर्चुगलवासी नेपालीको हितमा ऐतिहासिक बनाउने दृढता व्यक्त गर्नुभएको छ । हालै सम्पन्न एक “Meet and Greet” जुम बैठकमा बोल्दै अध्यक्ष जीसीले नेपाली समुदायले आफूप्रति देखाएको विश्वासलाई शिरोधार्य गर्दै हरेक चुनौतीलाई अवसरमा बदल्ने प्रतिबद्धता जनाउनुभयो । उक्त भर्चुअल बैठकमा एनआरएनए अन्तर्राष्ट्रिय […]