Home Login

एथेन्स, ग्रीस — पछिल्लो २४ घण्टामा ग्रीसको दक्षिणी टापु क्रेट र यसको छिमेकी सानो टापु गाभ्डोसमा आप्रवासीहरूको आगमन ह्वात्तै बढेपछि यहाँको तटीय सुरक्षा संयन्त्रमा कडा दबाब सिर्जना भएको छ । सुधारिएको मौसम र मानव तस्करहरूले बाटो परिवर्तन गरेका कारण यस क्षेत्रमा सयौंको संख्यामा आप्रवासीहरू ओइरिन थालेका हुन् । शुक्रबार र त्यसपछिको रात क्रेटको तटीय क्षेत्रमा […]

लिस्बन (पोर्चुगल) — पोर्चुगलमा आवास र बसोबासको सङ्कट गहिरिँदै गएको छ । राष्ट्रिय स्तरमा गरिएको पछिल्लो सर्वेक्षण अनुसार, देशमा घरबारविहीन मानिसहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको पाइएको छ । सन् २०२४ को डिसेम्बर ३१ सम्मको तथ्याङ्क अनुसार, पोर्चुगलमा घरबारविहीनहरूको कुल सङ्ख्या १४,४७६ पुगेको छ । यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा १,३४८ ले बढी हो, जसले सामाजिक […]

ग्रीसको क्रिट टापुको दक्षिणमा शुक्रबार बिहान एक डुङ्गामा खचाखच भरिएका लगभग ५४० आप्रवासीहरूलाई उद्धार गरिएको ग्रीकका तटरक्षक अधिकारीले बताएका छन् । लिबियाली समुद्रको सानो टापु गाभ्डोस नजिकै युरोपेली सङ्घको सीमा निकाय ‘फ्रोन्टेक्स’ को गस्ती जहाजले ५३९ जना शरणार्थीको उद्धार गरेको तटरक्षक प्रवक्ताले बतएका छन् । उक्त डुङ्गामा बङ्गलादेश, पाकिस्तान, इजिप्ट, इरिट्रिया, सोमालिया, सुडान र प्यालेस्टाइन […]

लिस्बन (पोर्चुगल)  — पोर्चुगलको लिस्बनस्थित नेपाली राजदूतावासले विद्युतीय राहदानी (ई-पासपोर्ट) नवीकरण तथा नयाँ आवेदनका लागि अनलाइन बुकिङ खुला गरेको छ । राजदूतावासले आज एक सूचना जारी गर्दै राहदानीको म्याद सकिन ६ महिना वा सोभन्दा कम समय बाँकी रहेका सेवाग्राहीहरूलाई लक्षित गरी आवेदन खुलाएको जानकारी दिएको हो । राजदूतावासका अनुसार आगामी डिसेम्बर २६, २०२५ देखि ३० […]

कास्पे (स्पेन) — बागलुङ जिल्ला, गल्कोट नगरपालिका–७, अङ्खोट घर भई हाल स्पेनको कास्पेमा बसोबास गर्दै आउनुभएका ३५ वर्षीय घनश्याम के.सी (श्याम) को असामयिक निधनले यहाँको नेपाली समुदाय स्तब्ध बनेको छ । रोजगारको सिलसिलामा स्पेनमा रहनुभएका के.सीको निधनको खबरले परिवारजन तथा शुभचिन्तकहरू गहिरो शोकमा डुबेका छन् । उहाँ सधैँझैँ आफ्नै बसोबास स्थानमा बेलुकीको खाना खाएर सुत्नुभएको […]

कास्पे (स्पेन) — बागलुङ जिल्ला, गल्कोट नगरपालिका–७, अङ्खोट घर भई हाल स्पेनको कास्पेमा बसोबास गर्दै आउनुभएका ३५ वर्षीय घनश्याम के.सी (श्याम) को असामयिक निधनले यहाँको नेपाली समुदाय स्तब्ध बनेको छ । रोजगारको सिलसिलामा स्पेनमा रहनुभएका के.सीको निधनको खबरले परिवारजन तथा शुभचिन्तकहरू गहिरो शोकमा डुबेका छन् । उहाँ सधैँझैँ आफ्नै बसोबास स्थानमा बेलुकीको खाना खाएर सुत्नुभएको […]

लिस्बन —  पोर्चुगल सरकारले कामदारहरूको न्यूनतम पारिश्रमिकमा थप वृद्धि गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सन् २०२६ का लागि राष्ट्रिय न्यूनतम तलबमा ५० युरोले वृद्धि गर्ने औपचारिक निर्णय गरेको हो। यो निर्णय कार्यान्वयनमा आएपछि सन् २०२६ मा न्यूनतम तलब ८७० युरोबाट बढेर ९२० युरो (ग्रस) पुग्नेछ । यो महत्वपूर्ण घोषणा राष्ट्रपतिको कार्यालयका […]

जर्मनी — इनसाइडर मंकीले हालै सार्वजनिक गरेको एक प्रतिवेदन अनुसार युरोपका सबैभन्दा ‘घृणित’ वा मन नपराइएका देशहरूको सूचीमा जर्मनीले शीर्ष पाँचभित्र स्थान बनाएको छ । विभिन्न सर्वेक्षण, अनलाइन फोरम र राजनीतिक तथा सामाजिक धारणाका आधारमा तयार पारिएको यो सूचीले युरोपभित्र र बाहिर रहेका मानिसहरूको देशप्रतिको धारणालाई उजागर गरेको छ । युरोपको आर्थिक ‘पावर हाउस’ मानिने […]

सिन्ट्रा — सिन्ट्रा नगरपालिकामा देखिएको प्रतिकूल मौसम, विशेष गरी सिन्ट्राका पर्वत श्रृंखलाहरूमा चलिरहेको तीव्र गतिको हावाहुरीलाई मध्यनजर गर्दै आज डिसेम्बर १६ का दिन यहाँका प्रमुख ऐतिहासिक तथा पर्यटकीय स्थलहरू पूर्ण रूपमा बन्द गरिएको छ । यस आकस्मिक निर्णय अन्तर्गत पर्यटकहरूको मुख्य आकर्षणका केन्द्र मानिने मूरिश महल, पेना राष्ट्रिय दरबार तथा पार्क, मोन्सेरेट दरबार र पार्क, […]

लिस्बन (पोर्चुगल) — पोर्चुगलको लिस्बनस्थित नेपाली राजदूतावासले राहदानी आवेदन दिएका नेपाली नागरिकहरूका लागि वितरणसम्बन्धी महत्त्वपूर्ण सूचना जारी गरेको छ । राजदूतावासले हालसालै आवेदन दिएका सेवाग्राहीहरूमध्ये ‘लट ६’ (Lot 6) अन्तर्गतका राहदानीहरू बनेर आएको भन्दै सम्बन्धित आवेदकहरूलाई आफ्नो राहदानी बुझिलिन आग्रह गरेको हो । राजदूतावासद्वारा जारी सूचना अनुसार, वेबसाइटमा प्रकाशित नामावलीको लिङ्कमा नाम समावेश भएका आवेदकहरूले […]