Home Login

बेलायत (रासस) — नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरिएकोप्रति नेकपा माओवादी केन्द्र निकट प्रवास समिति नेपाली जनप्रगतिशील मञ्च, बेलायतले आपत्ति जनाएको छ । मंगलबार विज्ञप्ति जारी गर्दै मञ्चले सरकारको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आपत्ति जनाएको हो । ‘नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक श्री कुलमान घिसिङको बर्खास्तप्रति नेपाली जनप्रगतिशील मञ्च बेलायत गम्भीर चिन्ता […]

बेलायत — गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) का पूर्वअध्यक्ष तथा उच्चस्तरीय समितिका अध्यक्ष डा.शेष घले बेलायत आइपुग्नुभएको छ । अस्ट्रेलिया निवासी धनाढ्य घले शनिबार बिहान लन्डनको हिथ्रो विमानस्थल उत्रिनु भएको हो । उहाँलाई एनआरएनए यूकेका संरक्षक, निर्वाचन समिति, पदाधिकारी, तमुधीं यूकेलगायतले विमानस्थलमा स्वागत गरेका थिए । युरोप भ्रमणमा रहेका व्यवसायी घले आइतबार हुने एनआरएनए यूकेको […]

बेलायत — लन्डनस्थित नेपाली दूतावासले बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीहरूलाई सम्भावित ठगीको शिकार हुनबाट जोगिनका लागि सचेत रहन आव्हान गरेको छ। शुक्रबार साँझ एक वक्तव्य जारी गर्दै दूतावासले बेलायतका विभिन्न विश्वविद्यालयहरूमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीमाथि विभिन्न एजेन्टहरू मार्फत् ठगी भइरहेको सम्बन्धमा प्रकाशित समाचारहरुबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। ‘नेपाली विद्यार्थीहरू दशकौं देखि बेलायतका विश्वविद्यालय […]

बेलायत । दुई साताको भ्रमणका लागि नेकपा (एमाले) को प्रतिनिधिसभा सांसद मनबहादुर गुरुङ बेलायत आइपुग्नुभएको छ । कास्की क्षेत्र नं १ बाट निर्वाचित सांसद गुरुङ पारिवारिक र राजनीतिक भेटघाटका लागि शनिबार हिथ्रो एयरपोर्ट आइपुग्नुभएको हो । सांसद गुरुङको साथमा पत्नी खिमकुमारी गुरुङ र जेठी छोरी रोशनी गुरुङ पनि हुनुहुन्छ । उहाँहरुलाई हिथ्रो एयरपोर्टमा बेलायतका सक्रिय […]

(अहिले युवा पुस्ताका चर्चित लोकदोहोरी गायक हुन् गोरखाका रबिन लामिछाने) युरोप। लोकदोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक रविन लामिछाने यतिखेर कार्यक्रमको सिलसिलामा बेलायतमा छन्। करिब दुई महिना यता बेलायत आएका रबिन यतिखेर कार्यक्रममा व्यस्त रहेको बताउँछन्। अहिले यतिखेर सांगीतिक कार्यक्रमका लागि नेपाली कलाकारहरु विदेशतिर आइरहेको थुप्रै मात्रामा पाइन्छ। त्यही थुप्रैमध्ये पनि एक हुन् […]