नेपालको मौलिक खानाको विविधता, सांस्कृतिक धरोहर, र परम्परागत स्वादलाई विश्वसामु चिनाउने उद्देश्यले आउँदो वैशाख ६ गते काठमाडौंको भृकुटीमण्डप स्थित प्रदर्शनी मार्गमा पहिलो अन्तर्राष्ट्रिय नेपाली फुड फेस्टिभल आयोजना हुन गइरहेको छ । नेपाल तथा विदेशमा कार्यरत नेपाली सेफहरूको समन्वयमा नेपाली सेफ सोसाइटी र अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको संयुक्त पहलमा हुन लागेको यस ऐतिहासिक फेस्टिभलका विविध पक्षबारे […]