Home Login

पोर्चुगल — गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलका नवनिर्वाचित अध्यक्ष बमबहादुर जीसीले आफ्नो २०२५-०२७ को कार्यकाललाई पोर्चुगलवासी नेपालीको हितमा ऐतिहासिक बनाउने दृढता व्यक्त गर्नुभएको छ । हालै सम्पन्न एक “Meet and Greet” जुम बैठकमा बोल्दै अध्यक्ष जीसीले नेपाली समुदायले आफूप्रति देखाएको विश्वासलाई शिरोधार्य गर्दै हरेक चुनौतीलाई अवसरमा बदल्ने प्रतिबद्धता जनाउनुभयो । उक्त भर्चुअल बैठकमा एनआरएनए अन्तर्राष्ट्रिय […]

दीपक भण्डारी । पोर्चुगल —  नेपालीहरूको हकहितका लागि क्रियाशील गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलले ओदिमिरा नगरपालिका अन्तर्गत बेजा जिल्लाको फतका क्षेत्रमा भीषण आगलागीबाट प्रभावित नेपाली श्रमिकहरूलाई राहत वितरण गरेको छ । एनआरएनए पोर्चुगलका अध्यक्ष दीपा काफ्लेको नेतृत्वमा सम्पन्न उक्त राहत वितरण कार्यक्रममार्फत बिफ्रुट कम्पनीमा कार्यरत रहेका १६ जना नेपाली श्रमिकहरूलाई आवश्यक सामग्री तथा सहयोग प्रदान […]

दीपक भण्डारी पोर्चुगल — दीपा काफ्लेले नेतृत्व गरेको गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलको दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वले शनिबार राजधानी लिस्बनमा आयोजित एक समारोहबीच पद तथा गोपनीयताको शपथ ग्रहण गरेको छ । शपथग्रहण कार्यक्रम निर्वाचन समितिका संयोजक गम्भीरजंग गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो। उनले नवनिर्वाचित अध्यक्ष दीपा काफ्लेसहित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई शपथ गराएका हुन्। […]