
मलेसियाका लागि नेपालका राजदूत डा. नेत्र प्रसाद तिम्सिनाले फिलिपिन्स गणराज्यका राष्ट्रपति महामहिम फर्डिनान्ड आर.मार्कोस जुनियर समक्ष आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। राजदूत डा. तिम्सिनाले भदौ ३ गते फिलिपिन्सको राजधानी मनिलास्थित मालाकानङ दरबारमा आयोजित विशेष समारोहमार्फत गैरआवासीय राजदूत (असाधारण तथा पूर्णाधिकारी) को रूपमा प्रमाणपत्र बुझाएका हुन्। समारोहमा राजदूतसँगै उनकी श्रीमती मीरा भट्टराई तथा नेपाली दूतावासका […]