Home Login

हाम्रो हालको फेसबुक रिल्स

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल प्रोस्टेटसम्बन्धी उपचारका लागि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल भर्ना भएका छन् । उक्त अस्पतालका निमित्त कार्यकारी निर्देशक प्राध्यापक डाक्टर घनश्याम गुरुङका अनुसार राष्ट्रपतिलाई आज (मंगलबार) बिहान उपचारार्थ भर्ना गरिएको हो ।