
विप्लव काफ्ले, स्पेन — कोष्टाव्लाङ्काको बेनिड्रोममा दसैँको दिन नेपालीहरु छमछमी नाचेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) कोष्टाव्लाङ्का र नेपाली समाज एशोसियसन कोष्टाव्लाङ्काले आयोजना गरेको बडा दसैँ विशेष सांस्कृतिक कार्यक्रममा नेपालीहरु रमाएका हुन् । गायक तुलसी शिवाकोटीले गाउँ घरको सम्झनाले मनै रुवायो भन्दै दसै आयो- तिहार आयो गीत गाएर माहोल तताए । यस्तो मौका जुर्दैन बेला […]