Home Login

पोर्चुगल (लिस्बन) — पोर्चुगलको अर्थतन्त्रको मेरुदण्ड मानिने पर्यटन क्षेत्रले सन् २०२५ मा ऐतिहासिक सफलता हासिल गरेको छ । ‘बैंक अफ पोर्चुगल’ ले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार, यस वर्षको सेप्टेम्बरसम्ममा देशको पर्यटन राजस्व २३.५ अर्ब युरो भन्दा माथि पुगेको छ । पर्यटकीय सिजनको अन्त्यतिर पनि पोर्चुगलले विदेशी पर्यटकहरूबाट हुने आम्दानीमा वृद्धि कायम राखेको छ । […]

लिस्बन — पोर्चुगलको पर्यटन क्षेत्रले यस वर्षको अगस्ट महिनामा एक नयाँ ऐतिहासिक कीर्तिमान कायम गरेको छ । बैंक अफ पोर्चुगलद्वारा जारी र ECO ले रिपोर्ट गरेको पछिल्लो तथ्याङ्कअनुसार, अगस्ट २०२५ मा देशको यात्रा र पर्यटन निर्यात बढेर कुल ४.३ बिलियन युरो (चार अर्ब तीस करोड युरो) पुगेको छ । यो आँकडाले पोर्चुगलको अर्थतन्त्रमा पर्यटन क्षेत्रको […]

रोम (इटाली) — इटालीको पर्यटन क्षेत्रले पछिल्ला दुई वर्षमा अभूतपूर्व वृद्धि हासिल गरेको छ । सन् २०२४ एक कीर्तिमानी वर्ष साबित भए तापनि, सन् २०२५ को प्रारम्भिक तथ्याङ्क र विशेष घटनाहरूले यो वर्ष अझै विशाल हुने बलियो सङ्केत देखाएको छ । यसले इटालीलाई विश्वको सबैभन्दा प्रमुख पर्यटकीय गन्तव्यको रूपमा पुनः स्थापित गरेको छ । कुन […]

लिस्बन । लिस्बनमा बस्ने पर्यटकहरूले चाँडै नै आवास सुविधामा बिताएको प्रति रात ४ युरो तिर्नु पर्ने भएको छ । लिस्बन सिटी काउन्सिलले निर्णय गरे अनुसार अतिरिक्त राजस्व सहर र यसको पूर्वाधारमा समर्पित हुनेछ। पर्यटक कर बढाउने PSD/CDS-PP प्रस्तावलाई नगर परिषदले अनुमोदन गरेको थियो । यस प्रस्तावलाई पूर्ण रूपमा कार्यान्वयन हुनु अघि र लागू हुनु अघि, […]