साइप्रस — साइप्रसको लार्नाका अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार ठूलो संख्यामा उडानहरू रद्द हुँदा हवाई यातायात सेवा नराम्ररी प्रभावित भएको छ । प्राप्त पछिल्लो जानकारी अनुसार, विभिन्न वायुसेवा कम्पनीका कुल २९ वटा उडानहरू रद्द गरिएका छन् । यस आकस्मिक अवरोधका कारण बिदा मनाउन आएका पर्यटक र अन्य गन्तव्यतर्फ जान लागेका हजारौँ यात्रुहरू विमानस्थलमै अलपत्र परेका छन् । […]


