
पोर्चुगल — युरोपेली संघको नयाँ प्रवेश/निकास प्रणाली (EES) लागू भएसँगै लिस्बन विमानस्थलको सीमा नियन्त्रणमा देखिएको तनावपूर्ण अवस्थामा सुधार आएको छ । आइतबारदेखि सञ्चालनमा आएको नयाँ प्रणालीको सुरुवाती दिनहरूमा शेन्जेन क्षेत्र बाहिरबाट आउने यात्रुहरूले ९० मिनेटभन्दा बढी समयसम्म लामो लाइनमा पर्खनुपरेको थियो, तर बुधबार (१५ अक्टोबर) सम्ममा स्थिति धेरै हदसम्म शान्त बनेको विमानस्थल सञ्चालकले जनाएको छ […]