स्वीडेन — युरोपेली मुलुक स्वीडेनले आप्रवासीहरूका लागि नागरिकता प्राप्त गर्ने प्रक्रियालाई थप कडा बनाउने घोषणा गरेको छ । आप्रवासन नीतिमा कडाइ गर्दै आएको स्वीडिस सरकारले सोमबार नयाँ योजना सार्वजनिक गरेको हो, जसअनुसार अब त्यहाँको नागरिक बन्न चाहनेले पहिलेभन्दा कडा मापदण्डहरू पूरा गर्नुपर्नेछ । यी नयाँ नियमहरू आगामी जुन महिनादेखि लागू हुने तय गरिएको छ । […]


