Home Login

पुस्तक रेग्मी । पोर्चुगल — नेपाली चलचित्र ‘लाज शरणम्’ युरोपेली मुलुक पोर्चुगलमा प्रदर्शन हुने भएको छ। आउँदो मार्च ९ तारिखदेखि पोर्चुगलको राजधानी लिस्बनमा प्रदर्शन हुन लागेको हो। नेपालमा फेब्रुअरी २६ मा रिलिज भएको चलचित्र त्यसको एक दिनपछि मध्यपूर्वका चार देशमा प्रदर्शनमा आएको थियो । विगत लामो समयदेखि नेपाली चलचित्र क्षेत्रलाई माया गर्दै आइरहेको नेल्स इन्टरटेन्मेन्टले […]

पोर्चुगल — गैरआवासीय नेपाली संघ (एनआरएनए) को क्षेत्रीय समिति अल्गार्भ पोर्चुगलले ‘एनआरएनए अल्गार्भ कप २०२५’ सम्पन्न गरेको छ। उक्त कपको उपाधि ग्राब जब सान्तोतेनियाले जितेको छ। मार्च २ तारिख सम्पन्न भएको ‘एनआरएनए अल्गार्भ कप २०२५’ प्रतियोगितामा १३ टोलीले सहभागिता जनाएका थिए भने मेचीमहाकालीले दोस्रो स्थान हासिल गरेको थियो। ‘एनआरएनए अल्गार्भ कप २०२५’ को प्रमुख अतिथिका […]

पोर्चुगल — युरोपेली मुलुक पोर्चुगलमा तेस्रो मुलुकको आप्रवासीहरू आउन कम भएपनि पोर्चुगल भित्र रहेका आप्रवासीहरूको समस्या अझै समाधान हुन सकेको छैन। २०२४ जुन ४ देखि पोर्चुगलमा धारा ८८ र धारा ८९ लाई बन्द गरेपछि अहिले पोर्चुगलमा तेस्रो मुलुकबाट आउने आप्रवासीहरू कम भएको छ। हुन त क्रोएसिया, फ्रान्स, स्पेन आएका आप्रवासीहरू पोर्चुगल सहजैसँग आउने भएकाले धारा […]

पोर्चुगल — सुदूरपश्चिमेली नेपाली समाज पोर्चुगलले होलि बिशेष कार्यक्रम आयोजना गर्ने भएको छ। विगतका वर्षहरूमा जस्तै, यस वर्ष पनि समाजले होलि विशेष कार्यक्रम आयोजना गर्ने भएको हो। स्थापना कालदेखि नै सक्रिय रहेको समाज सुदूर पश्चिमेली नेपाली समाज पोर्चुगलले फाल्गुन २९ गते बिहिबारका दिन,२०८१ तदानुसार १३ मार्च , २०२५ बिहिबार पोर्चुगलको राजधानी लिस्बनको बेलाबिस्ता पार्कमा कार्यक्रम […]

(विश्वमा सबैभन्दा पुरानो र धनी इतिहास भएको देशहरू मध्ये पोर्चुगल १५ औं स्थानमा र नेपाल ११० औं स्थानमा) पोर्चुगल — विश्वमा सबैभन्दा पुरानो र धनी इतिहास भएका १५ देशहरू अमेरिकी समाचार र विश्व रिपोर्टले सार्वजनिक गरेको छ। विश्व रिपोर्टको अनुसार, सबैभन्दा धेरै र धनी संरचनाहरू र इतिहास भएको देशहरूमा इजिप्ट पहिलो स्थानमा रहेको छ । […]

पोर्चुगल — पोर्चुगलका प्रधानमन्त्री लुइस मोन्टेनेग्रोले आफ्नो अर्थतन्त्रलाई कायम राख्न ब्राजिलबाट थप कामदारको आवश्यकता रहेको बताएका छन्। पोर्चुगलमा ब्राजिलियन समुदाय ५ लाख भन्दा बढी छ। यद्यपि, प्रधानमन्त्री मोन्टेनेग्रोले गरेको टिप्पणीलाई ध्यानमा राख्दा, यो संख्या चाँडै अझ बढ्न सक्छ। पोर्चुगिज कम्पनीहरूले कामदारको अभावको बारेमा गुनासो गरिरहेको र अझै थप कामदार आवश्यकता परेको बताएको छ। पोर्चुगलका धेरै […]

रासस — गैरआवासीय नेपाली संघ (एनआरएनए) को क्षेत्रीय समिति अल्गार्भ पोर्चुगलले आगामी २ मार्च २०२५ मा एनआरएनए अल्गार्भ कप २०२५ फुटबल प्रतियोगिता आयोजना आयोजना हुने भएको छ । उक्त प्रतियोगिता भिल्ला रियल सान्तोआन्तोनियो र मन्तेगोर्दोमा हुनेछ । उक्त प्रतियोगिता सेभेन ए साईड फुटबल खेलको रूपमा आयोजना हुने भएको, जसमा अल्गार्भ क्षेत्रका साथै पोर्तुगलभरका विभिन्न क्लबहरूले […]

(शुक्रबार २१ फेब्रुअरी देखि सञ्चालन भयो पोर्चुगलमा राहदानी तथा कागजात प्रमाणीकरण घुम्ती सेवा शिविर) पोर्चुगल — रोजगारी तथा अध्ययनको सिलसिलामा पोर्चुगल पुगेका नेपालीहरूका लागि नेपाली राजदूतावास पेरिस र नेपाली रजदूतावास लिस्वनले राजधानी लिस्वनमा २१ फेब्रुअरी शुक्रबारबाट राहदानी तथा कागजात प्रमाणीकरण घुम्ती सेवा शिविर सञ्चालन गरेको छ। फागुन ९ देखि १४ गतेसम्म अर्थात् २१ फेब्रुअरी देखि […]

पोर्चुगल — नेपाली परिकारहरुलाई प्रबर्द्धन गर्ने उद्देश्य सहित पोर्चुगलको राजधानी लिस्बनको आरोइसमा ‘द बेकरी क्याफे सञ्चालनमा आएको छ। १४ फेब्रुअरी देखि सञ्चालनमा आएको क्याफेलाई ‘द बेकरी क्याफे बाइ ग्रिल एण्ड चिल’ नाम दिइएको छ । रोजगारी तथा अध्ययनको सिलसिलामा युरोपको पोर्चुगल पुगेका नेपालीहरूको लागि यस क्याफेले विशेषगरी नेपाली परिकारहरूमा आधारित बेकरी परिकारहरु जस्तै दुनोट, टिपिकल […]

पोर्चुगल — पोर्चुगलको राजधानी लिस्बोनमा एसोसियसन अफ नेपाली ओरिजन (एएनओ) को शाखा गठन भएको छ। फेब्रुअरी १६ आइतवार लिस्बोन निवासी दिनेश विष्टको नेतृत्वमा २७ सदस्यीय राष्ट्रिय कार्यसमिति गठन गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि एवं एएनओका संस्थापक महासचिव चूडामणि भट्टराईले विश्वभर छरिएर रहेका नेपाली मूलका व्यक्तिलाई आफ्नो पहिचान स्थापित गर्न संगठित हुनुपर्नेमा जोड दिएका थिए। उनले […]