Home Login

कुवेतमा विषाक्त मदिरा सेवनबाट ६ नेपालीले ज्यान गुमाएका छन् । मेथानोल मिसाइएको मदिरा सेवनका कारण उनीहरुको ज्यान गएको कुवेतको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै गल्फ न्युजले जनाएको छ । ज्यान गुमाउनेमा ६ नेपालीमध्ये ५ पुरुषसहित एक महिला रहेका छन् । सो घटनामा ६ नेपालीसहित १३ एसियाली नागरिकको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार शनिबारदेखि हालसम्म […]

म्याड्रिड, स्पेन — स्पेनको राजधानी म्याड्रिडमा अवस्थित नेपाली राजदूतावास आउँदो शुक्रबार, अर्थात् २०८२ साल साउन ३० गते (१५ अगस्ट २०२५) बन्द हुने भएको छ । स्पेनमा मनाइने ‘डिया डे ला असुन्सियन डे ला भिरहेन’ (Dia de la Asunción de la Virgen) पर्वको अवसरमा सार्वजनिक बिदा परेकाले दूतावास बन्द रहने निर्णय भएको हो । दूतावासले बिहीबार […]

पोर्चुगल — पछिल्लो समय पोर्चुगलको मध्य तथा उत्तरी क्षेत्रहरूमा लागेको डढेलोले भयानक रूप लिएको छ । अत्यधिक गर्मीको लहर, लामो समयदेखिको खडेरी र तीव्र गतिको हावाका कारण फैलिएको आगोले हजारौं हेक्टर जङ्गल र खेतीयोग्य जमिन खरानी बनाएको छ भने दर्जनौं गाउँहरू जोखिममा परेका छन् । पोर्चुगलको नागरिक सुरक्षा प्राधिकरण (ANEPC) का अनुसार, विशेष गरी कास्टेलो […]

बुडापेस्ट, हंगेरी — युरोपको मुटु मानिने सुन्दर सहर बुडापेस्टमा नेपाली मौलिक संस्कृतिको इन्द्रेणी छाउन लागेको छ । हिन्दु नारीहरूको महान् पर्व हरितालिका तीजको पावन अवसरमा, हंगेरीमा बसोबास गर्ने नेपालीहरूलाई एउटै मालामा गाँस्दै एक विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । परदेशको व्यस्तताका बीच आफ्नो मौलिक संस्कृति, परम्परा र पहिचानलाई जीवन्त राख्ने उद्देश्यले नेपाली समाज हंगेरीको […]

पोल्याण्ड — नेपाली लोक संगीतकी चर्चित गायिका शान्ति श्री परियार आफ्नो युरोप भ्रमणको क्रममा पोल्याण्ड आइपुगेकी छिन् । मगर संघ पोल्याण्डको आयोजनामा हुन लागेको “शान्ति श्री परियार सांस्कृतिक साँझ २०२५” का लागि उनी यहाँ आइपुगेकी हुन् । कार्यक्रम यही आउँदो अगस्ट १५ तारिखका दिन पोल्याण्डको प्रमुख शहर लोड्जमा अवस्थित होटल रुबिनमा भव्यताका साथ आयोजना हुने […]

क्यानडा — क्यानडाको टोरन्टोमा १७औँ हिमालयन मेला सम्पन्न भएको छ । कार्यक्रममा क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्याल प्रमुख अतिथिको रूपमा उपस्थित थिए । प्रमुख अतिथि राजदुत पौडेलले यस्ता कार्यक्रमहरुले प्रवासमा नेपाली समुदायलाई एकतावद्ध बनाउने र दोश्रो पुस्तालाई नेपाल र नेपाली संस्कृति परम्पराका बारेमा जानकारी गराउन मद्दत पुग्नुका साथै नेपालको पर्यटकीय प्रर्वद्धनमा सहयोग पुग्ने बताउनु […]

लिस्बन, पोर्चुगल — पोर्चुगलको उत्तरी तथा मध्य क्षेत्रका जंगलहरूमा लागेको भीषण डढेलो नियन्त्रण बाहिर जाँदा देश संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको छ । आज दिउँसो १२:०५ बजे नागरिक सुरक्षा प्राधिकरण (ANEPC) ले जारी गरेको पछिल्लो तथ्याङ्क अनुसार, पाँच सबैभन्दा बढी प्रभावित क्षेत्रमा मात्रै लगभग १,९०० अग्निनियन्त्रकहरू आगो निभाउन खटिएका छन् । देशको मध्य र उत्तरी भागका अर्गानिल […]

लिस्बन, पोर्चुगल — पोर्चुगलमा मनाइने ‘अजम्प्सन अफ मेरी’ (Assumption of Mary) पर्वको अवसरमा यही आउँदो मिति २०८२ साल साउन ३० गते शुक्रबार, तदनुसार १५ अगस्ट २०२५ का दिन लिस्बनस्थित नेपाली दूतावास बन्द रहने भएको छ । दूतावासले बुधबार एक सूचना प्रकाशित गरी उक्त दिन सार्वजनिक बिदा परेकाले राजदूतावासका कन्सुलर सेवा लगायत अन्य सबै कामकारबाही बन्द […]

पोर्चुगल – नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा ठकुरी समाज पोर्चुगलले एक विशेष साँस्कृतिक तथा दर खाने कार्यक्रमको आयोजना गर्ने भएको छ । नेपाली कला, संस्कृति र परम्परालाई प्रवासमा समेत जीवन्त राख्ने उद्देश्यले आयोजना गर्न लागिएको यो कार्यक्रम आगामी अगस्ट १७ तारिख, आइतबारका दिन लिस्बनको अल्मेडास्थित महात्मा गान्धी राधा कृष्ण मन्दिरमा सम्पन्न हुनेछ । कार्यक्रमलाई […]

रोम, इटाली — सन् २०२४ मा इटाली युरोपमा यात्रा गर्न चाहनेहरूका लागि प्रमुख गन्तव्यको रूपमा रह्यो, जसले १० लाखभन्दा बढी शेन्जेन भिसा आवेदनहरू प्राप्त गर्यो । इटालीले कुल १ करोड २ लाख ३३ हजार ३ सय १६ आवेदनहरू प्राप्त गरेकोमा १ करोड ९८ हजार ९ सय ९९ आवेदनहरू स्वीकृत गर्यो भने १ लाख ३४ हजार […]