Home Login

नेपाली भाषा,नेपाली सँस्कृती र नेपाली चलचित्रलाई माया र प्रबर्द्धन गरौ’ भन्ने उदेश्यका साथ स्थापना भएको आइ पपर्सले लिस्वनमा पुन एकपटक सांगितिक कन्र्सट आयोजना गर्ने भएको छ । नेपाली रकव्याण्ड १९७४ एडि ब्याण्डका मुख्य गायक एड्रिन प्रधानको साथमा आइ पपर्सले उक्त साँगितिक कन्सर्ट गर्ने भएको छ । आगामी अक्टोबर ३० को दिन लिस्वनमा गर्न लागिएको कार्यक्रमा […]

राजेश हमाल: नेपालको सिनेमा क्षेत्रमा एक महान आदर्श नेपालको सिनेमा क्षेत्रमा राजेश हमाल एक महत्त्वपूर्ण व्यक्तित्व हुन्। उहाँ एक प्रमुख नेपाली फिल्म अभिनेता हुन् र समृद्धि गरेको सिनेमा प्रशासनमा पनि महत्त्वपूर्ण भूमिका खेलेका छन्। राजेश हमालले नेपालको सिनेमा उद्यममा आफ्नो सकारात्मक प्रभाव गरेका छन् र उहाँको जीवनकथा नेपालको युवाहरूको लागि प्रेरणास्पद छ। राजेश हमालको जन्म […]

काठमाडौं । लोकप्रिय गीत ‘पत्थरको मुटु’को सिक्वेल रिलिज भएको छ। शनिबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ‘पत्थरको मुटु २’ रिलिज गरिएको हो। पहिलो सिरिजलाई दर्शकले अत्याधिक रुचाएपछि यो गीतका निर्माता विजय पुनले दोस्रो सिरिज दर्शकमाझ ल्याएका हुन्। गीतमा लोकप्रिय गायक प्रताप दासको मनछुने आवाज रहेको छ। शब्द विजयले लेखेका हुन् भने संगीत ऋषि खड्काको रहेको […]

पोर्चुगल ।म्याग्दी जिल्ला घर भई पोर्चुगल लाई कर्म थलो बनाउँदै आउँनु भएका जनसम्पर्क समिति पोर्चुगलको सभापति वकील के.सी अहिले एक समाजसेवीका रुपमा चिरपरिचित छन् । प्रदेशी भुमिमा रहेर पनि समाजसेवालाई अग्रसरका रुपामा आफुलाई स्थापित गर्नु आफैमा एक कठिन विषय हो । म्याग्दीमा जन्मिनु भएका के.सी. अत्यन्तै जनप्रिय, लोकप्रिय, जनसेवी, विकासप्रेमी, सुशासन पक्षधर, इमानदार, नैतिकवान, क्षमतावानर देशभक्त युवानेता तथा समाजसेवी हुनुहुन्छ । पोर्चुगलमा व्यावसाय सञ्चालन गर्दै आउनु भएका के.सी. एक युवा व्यवसायले चिरपरिचित छन् । के.सी. कृषिमा जति सक्रिय हुनुहुन्थ्यो त्यति नै समाजसेवा तथा रानितिकमा पनि आफुलाई स्थापित गर्दै आई रहनु भएको छ । विदेशी भुमिलाई आफ्नो कर्म भुमि बनाएर धेरै नेपालीहरुलाई सहयोग गर्नै आउनु भएको छ । नेपाली जनसंपर्क समिति पोर्तुगल कोसभापती, मोना पोर्तुगलका सल्लाकार, नेपाली कांग्रेस महासमिति सदस्यका रुपमा राजनितिक यात्रामा हुनुहुन्छ । नेपाली जनसंपर्क समिति पोर्तुगलले उक्त भेटका क्रममा समितिले पोर्तुगलको समेत जिम्मेवारी हेर्ने पेरिस स्थित नेपाली दुतावासले विज्ञप्ती जारी गरि राहदानी नविकरण र नयाँ राहदानी बनाउन स्वयम् उपस्थित हुनुपर्ने नियम ल्याएको प्रति ध्यानाकर्षण गराएको थियो । पोर्तुगल प्रवेश गरिसके पछि कम्तिमा अस्थायी अनुमतिपत्र लिने प्रकृयामा रहेकाहरुलाई पेरिस सम्म जान नसक्ने अवस्था रहेकोले उक्त प्रावधान हटाउन जोड उहाँ के.सीकै नेतृत्वले माग गरेको थियो । नेपाली जनसंपर्क समिति पोर्तुगलले  पूर्व परराष्ट्रमन्त्री डा. नारायण खडकालाई भेटी पोर्तुगलमा बसोबास गर्दै आएका नेपालीले खेप्दै आएको राहदानी सम्बन्धि समस्या समाधानमा सहजीकरण गर्न आग्रह गर्नु भएको थियो । समितिका सभापति वकिल केसीको नेतृत्वमण्डलले त्तकालिन मन्त्री खडकासँग भेटघाट गरि उक्त आग्रह गरे पस्चात अहिले काम सहजिकरण र सहज भएको छ । हालै नेपाली वंशज नागरिक संघको केन्द्रिय समितिको वैठले यस स‌घको केन्द्रिय सदस्यका रुपमा मनोनित गरेको छ । समाजसेवीके.सी.लाई उहाँले समाजसेवामा देखाउनु भएको सार्ताले नै मनोनित गरेको संस्थाका संयोजक योगेन्द्र बहादुर क्षेत्रीले जानकारी दिनुभयो।

सन् २०३० को फिफा विश्वकप फूटबल तीन महादेशका ६ देशमा हुने भएको छ । विश्व फुटबल महासंघ (फिफा)ले दक्षिण अमेरिकाका तीन, युरोपका दुई, र अफ्रिकाको एउटा देशमा विश्वकप गरिने जनाएको छ ।  दक्षिण दक्षिण अमेरिकाबाट उरुग्वे, अर्जेन्टिना र पारग्वेले, युरोपबाट स्पेन र पोर्चुगल तथा अफ्रिकाबाट मोरक्कोले विश्वकप आयोजना गर्ने छन् । विश्वकपको शुरुवाती सन् १९३० […]

पहिला पहिला पुलिस रिपोर्ट बनाएर परराष्ट्रको छाप हानेपछि दिल्लीमा स्क्यान कपी पठाइन्थ्यो। त्यो स्क्यानलाई कमसल कपीमा प्रिन्टगरेर नेपाल एम्बेसी हानिन्थ्यो। कतिले त्यही एम्बेसी गरेको पेपरलाई पनि स्क्यान गरेर प्रिन्ट गरेर फेरि अर्को कपी मात्रै क्रोएसियनएम्बेसीमा बुझाउँथे। फलस्वरूप डकुमेन्ट क्रोएसियन एम्बेसी पुग्दा नै एकदम अगतिलो क्वालिटीमा पुग्थ्यो। त्यसलाई उता भारतको क्रोएसियन एम्बेसीले त एसेप्ट गर्थ्यो तर ती कागज अहिले यहाँ क्रोएसियन पुलिस स्टेसनले नमानेर TRC एप्लाई गर्दा “अर्को ओरिजिनल लिएर आइज” भनेर आपत छ। अहिले कथा थोरै बदलियो। अब परराष्ट्र पनि अनलाइन हुने भयो। तैपनि दिल्लीमा यसलाई प्रिन्ट गर्दा राम्रो कपीमा एकदम स्पष्ट रओरिजिनल क्वालिटीमा प्रिन्ट गर्नुस्। नेपाल एम्बेसी गरेपछि यो कागज नदोबारी क्रोएसियन एम्बेसिसम्म पुर्याउनुस्। क्रोएसियन एम्बेसीमा छाप लागेपछि ती कागजका अगाडि पछाडि स्क्यान या कपी गर्नुहोस। ओरिजिनल कागज जतन साथ क्रोएसिया लिएरआउनुस्। पर्मिट, भिसा या जताततै यिनै कपिले काम गर्छन्। सिधै क्रोएसिया आएर TRC एप्लाई गर्दा पुलिस स्टेसनमा ती ओरिजिनल पुलिस रिपोर्ट चाहिने हुन्।

पोर्चुगल । नेपाली चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’ अब पोर्चुगलको राजधानी लिस्बनमा प्रदर्शन हुने भएको छ । नेप्स इन्टरटेन्मेन्टले पोर्चुगलमा चलचित्र प्रदर्शन गर्ने लागेको हो । नोभेम्बरबाट पोर्चुगलको राजधानी लिस्बनमा प्रदर्शन हुने छ । ‘नेपाली भाषा,नेपाली सँस्कृती र नेपाली चलचित्रलाई माया र प्रबर्द्धन गरौ’ भन्ने उदेश्यका साथ स्थापना भएको नेप्स इन्टरटेन्मेन्टले पोर्चुगलमा विभिन्न नेपाली चलचित्र प्रदर्शनि र सांगीतिक कार्यक्रम गर्दै आएको छ । यसमा विपिन कार्की, स्वस्तिमा खड्का, सौगात मल्ल, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकास घिमिरे, लोकेन्द्र लेखक, मिस्श्रीथापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहालको पनि अभिनय रहेको छ । सिनेमामा अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र अभिनेत्री बर्षा सिवाकोटी पनि विशेष भुमिकामा देखिनेछन् । टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको फिल्मलाई निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । सिनेमाको निर्माता पनि उनी स्वयं हुन् । निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाजको संगीत रहेको छ ।     [wpdevart_like_box profile_id=”100163172292328″ stream=”show” connections=”show” width=”300″ height=”550″ header=”small” cover_photo=”show” locale=”en_US”]

लिस्बन । नेपाली गीत संगीत स्वदेशमा मात्र नभाई विदेशीमा पनि चर्चा परिचर्चा हुदै आएको छ । पोर्चुगलमा पनि एक हप्ता अगाडि मात्र गायक रोशन लामाको शब्द संगीत र आवाजमा रहेको गीतको  म्युजिक भिडियो सार्वजनिक गरेका छन् । भिडियोलाई पोर्चुगलको राजधानी लिस्बनमा सुटिङ गरेको छ । गीतको म्युजिक भिडियोलाई अभिरल श्रेष्ठ (अविग्राफी)ले छायांकन तथा निर्देशन र पोस्ट–प्रोडक्शन समेत गरेका छन् । र श्रेष्ठलाई सविन गुरुङले साथ तथा सहयोगी दिएका छन् । गीतको म्युजिक भिडियोमा दिक्षा थापा ,पासाङ (जेली) र रोशन लामाले अभिनय गरेका छन् । सुरुमा एक माया गर्ने  जोडीलाई भिडियोमा देख्न सकिन्छ । र अन्तिममा माया गर्ने जोडीको साथ छुटेको हामीले यस भिडियोमा देख्न सकिन्छ । यस भिडियो गायक रोशन लामाको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ । फेरि पनि गीतले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित गीतको पुरा म्युजिक भिडियो हेर्न तलको Link खोलेर हेर्नुहोला।