गीत

नन्दु गरुङको आवाजमा दुलही सार्वजनिक (भिडियो सहित)

‘तिमी दुलहि बनेर जाँदा ,मेरो लास तिम्रो पछि हुन्छ।
तिमी रातो घुम्टोमा हुँदा,मेरो लास सेतो कफनमा हुन्छ’

युरोप । कुनै समय नेपाली संगितमा निकै चर्चित गीतको मर्मस्पर्शी शब्दहरु तपाईहरुले पक्कै सुन्नु भएको होला। ६० को दशकमा बलराम समालको आवाजमा निकै नै रुचाईएको यी गीत ‘दुलही’ लाई नयाँ स्वरुपमा गायक नन्दु गुरुङको आवाजमा भिडियो सहित सार्वजनिक गरिएको छ।

शब्द तथा संगित अज्ञात रहेको गीतको नयाँ भर्जनमा एरेन्ज स्वयम बलराम समालको रहेको छ।अशोक लाखे द्वारा निर्देशित मर्मस्पर्शी भिडियोमा पछिल्लो समय निकै चर्चा रहेका मोडल भुवन खड्का र रस्मि उप्रेतिको दममार अभिनय हेर्न सकिन्छ। भुवन र रश्मि सँगै भिडियोमा बिपि भट्टराई,राजन निरौला,सोम मग्रान्ति,नागिन धिमाल,सुमन मग्रान्ति,मुहा मगर,मुस्कान कन्दङ्वा,पार्वति केसिको अभिनय देख्न सकिन्छ।

छायाँकार देबराज सिग्देल द्वारा मोरङ् जोगिटार आसपासको सुन्दर ठाउँहरुमा छायांकन गरिएको भिडियोलाई सम्पादन मुहा क्रिएटिभ स्टुयियोका मुहासिंह मगरले गर्नुभएको छ।

 गितकार तथा भावसागर ईन्टरटेमेन्टका सञ्चालिका अम्बिका गुरुङ निर्मात्रि रहेको भिडियोलाई भाव सागर ईन्टरटेनमेन्ट युट्युब च्यानलले बजारमा ल्याएको हो।

विभिन्न डिजिटल प्लेटफर्ममा समेत सार्वजनिक भैसकेको गीतलाई पहिले जस्तै फेरि दर्शक स्रोताहरुले मनपराई माया गरिदिनु हुन्छ भन्ने कुरामा आफू ढुक्क रहेको गायक नन्दु गरुङले बताउनु भयो।

गीतले सवैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित गितको पुरा म्युजिक भिडियो हेर्न तलको Link खोलेर हेर्नुहोला :

https://youtu.be/fB1HorihBwM?si=NqjGYFjVS_c8y1GU

Leave a Reply

Your email address will not be published. Required fields are marked *