Home Login

लिस्बन — सन् २०२५ अक्टोबर १२ देखि पोर्चुगल सहित सम्पूर्ण युरोपेली शेंगेन देशहरूमा यात्रा गर्ने गैर-युरोपेली नागरिकहरूका लागि एक महत्वपूर्ण नयाँ नियम लागू हुने भएको छ । युरोपेली संघले लामो समयदेखि तयारी गरिरहेको प्रवेश/निकास प्रणाली (Entry/Exit System – EES) नामक यो स्वचालित सीमा नियन्त्रण प्रणालीले परम्परागत रूपमा पासपोर्टमा स्ट्याम्प लगाउने प्रक्रियालाई पूर्ण रूपमा विस्थापित गर्नेछ […]

युरोपेली संघ (इयू)ले नेपालमा जारी प्रदर्शनका क्रममा भएको हिंसा र मृत्यु घटनाप्रति गहिरो दुःख प्रकट गरेको छ । इयूले वक्तव्यमा भनेको छ, “नेपालमा जारी प्रदर्शनका क्रममा भएका हत्या र हिंसात्मक घटनाले हामीलाई दुःखी बनाएको छ । यी घटनाहरूको स्वतन्त्र छानबिन हुन आवश्यक छ ।” ईयूले संयम अपनाउन आह्वान गर्दै भनेको छ, “जीवन रक्षाका लागि आवश्यक […]

इटली — अमेरिकाको नयाँ भन्सार नियमका कारण युरोपका धेरै पोस्ट सेवाहरूले अमेरिका पठाइने धेरैजसो पार्सल सेवा स्थगित गरेका छन् । जर्मनीको ठूला पोस्ट तथा ढुवानी कम्पनी डिएचएल ग्रुपले शुक्रबार घोषणा गर्दै निजी र व्यावसायिक सामानहरू अमेरिकातर्फ पोस्टमार्फत पठाउने सेवा अस्थायी रूपमा बन्द गरेको जनाएको छ । यो निर्णय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना हस्ताक्षर […]

स्पेन —  हाल युरोपको भ्रमणमा रहेका नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले  समृद्ध नेपाल बनाउन नीति र नेतृत्वमा पनि व्यापक परिवर्तन आवश्यक रहेको बताएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) कोष्टाव्लाङ्का र नेपाल समाज एशोसियसन कोष्टाव्लाङ्काद्वारा  शुक्रबार संयुक्त रुपमा आयोजित भेटघाट तथा अन्तरक्रियालाई सम्बोधन गर्दै  घिसिङले नेपालको समग्र रुपान्तरणका लागि  सही राजनीतिक नेतृत्व […]

काठमाडौं —  काठमाडौंमा बसोबास गर्ने फ्रान्सेली नागरिकहरूका लागि फ्रान्सको वाणिज्य दूतावास (कन्सुलर सेवा) ले डिजिटल परिचय प्रमाणिकरण सेवा सुरु गरेको छ । यो नयाँ र महत्त्वपूर्ण सेवाले फ्रान्सेली नागरिकहरूलाई विभिन्न आधिकारिक र संवेदनशील अनलाइन प्रक्रियाहरू सुरक्षित रूपमा सम्पन्न गर्न सहज बनाउनेछ । ‘फ्रान्स इदान्तिते’ नामक यो डिजिटल पहिचान प्रणाली फ्रान्स सरकारले आफ्ना नागरिकहरूका लागि विश्वव्यापी […]

लिस्बन, पोर्चुगल — पोर्चुगलका प्रधानमन्त्री लुइस मोन्टेनेग्रोले देशमा लागेको विनाशकारी डढेलो नियन्त्रणका लागि युरोपेली संघले देखाएको ऐक्यबद्धता र सहयोगप्रति हार्दिक आभार व्यक्त गर्नुभएको छ । उहाँले युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनसँगको टेलिफोन वार्तामा पोर्चुगललाई संकटको घडीमा साथ दिएकोमा धन्यवाद दिनुभएको हो । प्रधानमन्त्री मोन्टेनेग्रोले सामाजिक सञ्जाल X (पहिले ट्विटर) मार्फत यो जानकारी सार्वजनिक […]

बेल्जियम । पछिल्ला केही वर्षहरूमा युरोपका केही सहरहरूमा अपराध दरमा भएको वृद्धिले स्थानीय बासिन्दा र पर्यटकहरूमा चिन्ता बढाएको छ । सन् २०२५ का लागि विभिन्न अन्तर्राष्ट्रिय सर्वेक्षण तथा रिपोर्टहरूले युरोपका सबैभन्दा खतरनाक मानिएका सहरहरूको सूची सार्वजनिक गरेका छन् । यी सूचीहरू विभिन्न मापदण्डहरू जस्तै अपराध सूचकांक, सुरक्षा सूचकांक, र स्थानीय अपराध तथ्याङ्कहरूमा आधारित छन् । […]

पोर्चुगल (लिस्बन) । पोर्चुगलले सन् २०१७ पछिको सबैभन्दा विनाशकारी र भीषण डढेलोको सामना गरिरहेको छ । देशको मध्य र उत्तरी क्षेत्रमा फैलिएको आगोले हालसम्म २ लाख १६ हजार हेक्टरभन्दा बढी वन क्षेत्र खरानी पारेको छ, जसले वातावरणीय संकटसँगै मानवीय त्रास पनि बढाएको छ । आगलागी नियन्त्रणका लागि २ हजार ३ सय ६१ जना दमकलकर्मीहरू अत्याधुनिक […]

माल्टा (भ्यालेटा) — भूमध्यसागरीय देश माल्टामा पर्यटकहरूको अनुचित पोशाकले स्थानीयहरूलाई समस्यामा पारेपछि सरकारले कडा नियम ल्याएको छ । समुद्री किनारबाट सहरका मुख्य क्षेत्रहरूमा बिकिनी र अर्धनग्न अवस्थामा हिँड्ने पर्यटकहरूको बढ्दो प्रवृत्तिले स्थानीय संस्कृति र मर्यादामाथि प्रश्न खडा गरेको थियो । माल्टाका विभिन्न समुद्री तटहरूमा अब “बिच मोड अफ! ड्रेस स्मार्ट एण्ड रिस्पेक्टफुल क्लोदिङ” भन्ने चेतावनी […]

स्पेन (म्याड्रिड) । युरोपको गर्मीयामको मुख्य महिना जुलाईमा स्पेन पर्यटकहरूको प्रमुख गन्तव्य बनेको छ । भूमध्यसागरीय तट, ऐतिहासिक सहर र जीवन्त संस्कृतिका लागि प्रख्यात स्पेनले यो वर्ष पनि लाखौं विदेशी पर्यटकलाई आकर्षित गरेको छ । आधिकारिक तथ्याङ्कहरूले देखाएअनुसार, जुलाई महिनामा स्पेन भ्रमण गर्ने पर्यटकहरूमा सबैभन्दा ठूलो संख्या बेलायती नागरिकको रहेको छ भने त्यसपछि क्रमशः जर्मनी […]