Home Login

कतार —  फिफा यू–१७ विश्वकप २०२५ को महाभिडन्त (फाइनल) आज बिहीबार (नोभेम्बर २७) हुँदैछ । कतारको प्रतिष्ठित खलिफा इन्टरनेशनल स्टेडियममा हुने यस खेलमा युरोपेली राष्ट्रहरू पोर्चुगल र अस्ट्रिया उपाधिका लागि आमनेसामने हुँदैछन् । यो फाइनल खेल दुवै राष्ट्रका लागि ऐतिहासिक छ, किनभने पोर्चुगल र अस्ट्रिया दुवैले अहिलेसम्म यू–१७ विश्वकपको उपाधि जित्न सकेका छैनन् । तसर्थ, […]

साओ टियोटोनियो, पोर्चुगल —  “एकताको लागि फुटबल, फुटबलद्वारा एकताबद्ध” भन्ने मूल नारालाई आत्मसाथ गर्दै आयोजना भएको ‘दोस्रो साओ टियोटोनियो गोल्ड कप–२०२५’ को उपाधि ‘नेप फ्याम एफसी’ ले हात पारेको छ । आइतबार (२३ नोभेम्बर २०२५) सम्पन्न खुल्ला सेभेन ए साइड नेपाली फुटबल प्रतियोगिताको निकै रोमाञ्चक फाइनल खेलमा बुद्ध एफसीलाई पेनाल्टी सुटआउटमा हराउँदै नेप फ्याम एफसी […]

पोर्चुगल — पोर्चुगलको यू-१७ राष्ट्रिय फुटबल टोलीले फिफा यू-१७ विश्वकप २०२५ को फाइनलमा स्थान बनाएर इतिहास रचेको छ । पोर्चुगलले आफ्नो पहिलो विश्वकप फाइनल यात्रामा बलियो प्रतिद्वन्द्वी ब्राजिल लाई सेमिफाइनलमा पेनाल्टी सुटआउटमा पराजित गरेको हो । कतारको दोहामा भएको निकै प्रतिस्पर्धात्मक सेमिफाइनल खेलमा पोर्चुगलले ब्राजिललाई स्तब्ध पार्दै फाइनलमा प्रवेश गर्‍यो । पोर्चुगल र ब्राजिलबीचको खेल […]

वारसा, पोल्यान्ड —  युरोपेली मुलुक पोल्यान्डमा बसोबास गर्ने नेपाली समुदायबीच लोकप्रिय मानिने ‘राजा वीरेन्द्र स्मृति कप’ फुटबल प्रतियोगिताको सातौँ संस्करण आयोजना हुने भएको छ । पोल्यान्डमा सक्रिय नेपाली युवाहरूको क्लब ‘द ब्रदरहुड’ को आयोजनामा स्व. राजा वीरेन्द्रको सम्झनामा यो एक दिवसीय प्रतियोगिता हुन लागेको हो । प्रवासमा रहेर पनि खेलकुदका माध्यमबाट आपसी भाइचारा र एकता […]

डब्लिन — फिफा विश्वकप युरोपेली छनोट अन्तर्गत आउँदो नोभेम्बर १३ मा गणतन्त्र आयरल्याण्ड र पोर्चुगलबीच एक महत्वपूर्ण खेल हुँदैछ । यो खेल आयरल्याण्डको घरेलु मैदान डब्लिनस्थित अविभा रंगशालामा आयोजना हुने भएको हो । प्रतियोगिता अन्तर्गतको यो खेल स्थानीय समयअनुसार साँझ ०७:४५ बजे सुरु हुनेछ । विश्वकप छनोटको दौडमा रहेका दुवै टोलीका लागि यो खेल निकै […]

(पोर्चुगलको नेपाली खेलकुदलाई नयाँ उचाइमा पुर्‍याउन ऐतिहासिक सहकार्यको सुरुवात) पोर्चुगल —  पोर्चुगलको सक्रिय र प्रतिष्ठित सामुदायिक संस्था नेपाली क्लब साओ टियोटोनियोले आफ्नो बहुप्रतीक्षित फुटबल प्रतियोगिता “दोस्रो साओ टियोटोनियो गोल्ड कप २०२५” को लागि आधिकारिक मिडिया पार्टनरको रूपमा युरोपाटीलाई चयन गरेको छ । क्लबले एक “गौरवशाली घोषणा” जारी गर्दै यस महत्त्वपूर्ण साझेदारीको औपचारिक जानकारी दिएको हो […]

पोर्चुगल — युरोपेली मुलुक पोर्चुगलमा नेपाली समुदायको खेलकुदप्रतिको उत्साहलाई निरन्तरता दिँदै ‘दोस्रो साओ टियोटोनियो गोल्ड कप २०२५’ खुला ‘सेभेन ए साइड’ फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । नेपाली क्लब साओ टियोटोनियोको आयोजनामा हुन लागेको यो प्रतियोगिताले पोर्चुगलमा रहेका नेपालीहरूलाई फुटबलको माध्यमबाट एकताबद्ध गर्ने लक्ष्य राखेको छ । “एकताको लागि फुटबल, फुटबलद्वारा एकताबद्ध” भन्ने मूल […]

काठमाडौँ — एशियाबाट फिफा विश्वकप फुटबलमा छनौट हुने ८ देशको टुंगो लागेको छ । गएराती सम्पन्न खेलमा कतार र साउदी अरेबिया छनौट भएसँगै एशियाबाट छनौट हुने ८ देशको टुंगो लागेको हो । एशियाबाट यस पटक दुई देशले पहिलो पटक विश्वकप खेल्ने भएका छन् । जसमा जोर्डन र उज्बेकिस्तान रहेका छन् । त्यस्तै अस्ट्रेलिया, इरान, जापान, […]

काठमाडौँ — अफ्रिकी क्षेत्रबाट फिफा विश्वकप फुटबलमा छनौट हुने ९ देशको टुंगो लागेको छ । गएराती सम्पन्न खेलमा सेनेगल, दक्षिण अफ्रीका र आइभरी कोष्ट विश्वकपमा छनौट भएसँगै अफ्रिकी क्षेत्रको छनौट पुरा भएको हो । जसमा यी तीन देश बाहेक मोरक्को, ट्युनिसिया, इजिप्ट, अल्जेरिया, घाना र केप भर्डे रहेका छन् । केप भर्डे पहिलो पटक विश्वकपमा […]

पोर्चुगल — अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ताको सूचीमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो आफ्नो कीर्तिमानी यात्रामा कायमै छन् । हालै हंगेरीविरुद्धको विश्वकप छनोट खेलमा दुई गोल गर्दै उनले आफ्नो अन्तर्राष्ट्रिय गोल संख्या १४३ पुर्याएका छन् । यससँगै, फुटबल जगतका दुई महान् खेलाडी, रोनाल्डो र अर्जेन्टिनाका लियोनेल मेस्सीबीचको प्रतिस्पर्धा थप रोचक बनेको छ । मेस्सी ११४ गोलसहित दोस्रो […]