Home Login

हाम्रो हालको फेसबुक रिल्स

युरोप । अर्जेन्टिनाले कोपा अमेरिका फुटबल प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ। बुधबार बिहान समूह चरणको दोस्रो खेलमा अर्जेन्टिनाले चिलीलाई १-० गोलले पराजित गरेको हो। चिलीलाई पराजित गर्न ८ औं मिनेटमा लाउटारो मार्टिनेजले गरेको गोल निर्णायक बन्यो। जितसँगै अर्जेन्टिनाले क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ। समूह चरणको अन्तिम खेल अर्जेन्टिनाले अब पेरूसँग खेल्नेछ।

युरोप । दक्षिण अमेरिकी महादेशको फुटबल प्रतियोगिता कोपा अमेरिका २०२४ को ४८ औं संस्करण आज पोर्चुगलको समयअनुसार राती १:०० बजे पेरु चिली बीच एटी एन्ड टीमा खेल हुने भएको छ । साविक विजेता अर्जेन्टिनाले २०२४ संस्करणको कोपा अमेरिकामा विजयी सुरुवात गरेको छ । एटलान्टामा भएको उद्दघाटन खेलमा अर्जेन्टिनाले क्यानडा माथि २-० को जित दर्ता गरेको […]

युरोप । दक्षिण अमेरिकी महादेशको फुटबल प्रतियोगिता कोपा अमेरिका २०२४ को ४८ औं संस्करण भोलि शुक्रबारदेखि अमेरिकामा सुरु हुँदैछ । पहिलो पटक १६ टोलीले खेल्न लागेको उक्त प्रतियोगिताको उद्घाटन खेल शुक्रबार पोर्चुगलको समयअनुसार दिउँसो १:०० बजे अर्जेन्टिना र क्यानडाबीच एटलान्टामा हुनेछ । कोपा अमेरिका समूह ए: अर्जेन्टिना, पेरु, चिली, क्यानडा            […]