Home Login

लिस्बन (पोर्चुगल) — संयुक्त राष्ट्रसंघको घोषणालाई आत्मसाथ गर्दै पोर्चुगलस्थित नेपाली राजदूतावासले दोस्रो ‘विश्व ध्यान दिवस’ मनाएको छ । ‘विश्व शान्ति र सद्भावनाका लागि ध्यान’ भन्ने मूल नाराका साथ आज (डिसेम्बर २१) दूतावासको सभाहलमा विशेष ध्यान शिविरको आयोजना गरी यो दिवस मनाइएको हो । संयुक्त राष्ट्रसंघको महासभाले योग र ध्यानलाई मानव स्वास्थ्यका लागि एक पूरक र […]

लिस्बन (पोर्चुगल) — पोर्चुगलस्थित नेपाली दूतावासले यहाँको प्रमुख पर्यटकीय गन्तव्य मानिने सामुद्रिक टापु ‘मदेइरा’मा रहेका नेपालीहरूलाई लक्षित गर्दै राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणसम्बन्धी विशेष ‘कन्सुलर’ सेवा प्रवाह सुरु गरेको छ । राजधानी लिस्बनबाट भौगोलिक रूपमा टाढा रहेको र आवागमनमा समेत कठिनाइ हुने उक्त क्षेत्रका नेपालीलाई सहजीकरण गर्ने उद्देश्यले दूतावासले घरदैलोमै पुगेर सरकारी सेवा उपलब्ध गराएको […]

पोर्चुगल (लिस्बन) —  संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ को सुखद् अवसरमा पोर्चुगलको लिस्बनस्थित नेपाली दूतावासले एक विशेष कार्यक्रमको आयोजना गर्दै पोर्चुगलमा बसोबास गर्ने नेपाली समुदायलाई लक्षित गरी लेख/रचना आह्वान गरेको छ । यो पहलले पोर्चुगलमा रहेका नेपालीहरूको बौद्धिक तथा सिर्जनात्मक प्रतिभालाई प्रस्फुटन गराउनुका साथै नेपालको समृद्धिमा डायस्पोराको भूमिकालाई थप उजागर गर्ने उद्देश्य राखेको छ […]