पाफोस । साइप्रसको पाफोसबाट मध्यरातमा ४.९ रिक्टरको भुकम्पको तिव्र धक्का महसुस गरिएको छ । पाफोस लगायत विभिन्न ठाउँहरूमा पनि धक्का महसुस भएको EMSC ले बताएको छ।भूकम्प साइप्रसको समयअनुसार करिब १२:३० मा गएको थियो। भूकम्पबाट अहिलेसम्म कुनै पनि क्षति नभएको जानकारी प्राप्त भएको छ।
धादिङको खरी आसपास केन्द्रविन्दु बनाएर भुकम्प
धादिङमा भूकम्पको धक्का महसुस गरिएको छ । शनिबार राति ११ बजेर २३ मिनेटमा ३.५ म्याग्निच्युडको भूकम्पको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार सो भूकम्पको केन्द्रविन्दु धादिङको खरी आसपास थियो । यसअघि खरी आसपास भएर गत कार्तिक ५ गते ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पबाट घरहरूमा क्षति […]