
लाक्पा तेन्जी शेर्पा । रोमानिया — तमु (गुरुङ) समाज रोमानियाले आफ्नो स्थापनाको चौथो वर्ष प्रवेशको अवसरमा ३२२७७ औं तमु ल्होसारको भव्य कार्यक्रम सम्पन्न गरेको छ। मुप्र्ही ल्होसारलाई विदाई गर्दै सप्र्ही ल्होसारलाई स्वागत गर्ने उद्देश्यले आयोजित यस कार्यक्रमले रोमानियामा रहेका नेपाली समुदायलाई एकताबद्ध बनाएको छ। तमु समाज रोमानियाका अध्यक्ष तिल ब गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न […]