प्रवास

रोमानियामा तमु ल्होसार मनाइयो

लाक्पा तेन्जी शेर्पा ।

रोमानिया — तमु (गुरुङ) समाज रोमानियाले आफ्नो स्थापनाको चौथो वर्ष प्रवेशको अवसरमा ३२२७७ औं तमु ल्होसारको भव्य कार्यक्रम सम्पन्न गरेको छ।

मुप्र्ही ल्होसारलाई विदाई गर्दै सप्र्ही ल्होसारलाई स्वागत गर्ने उद्देश्यले आयोजित यस कार्यक्रमले रोमानियामा रहेका नेपाली समुदायलाई एकताबद्ध बनाएको छ।


तमु समाज रोमानियाका अध्यक्ष तिल ब गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न अतिथिहरूको उपस्थिति थियो। नेपाल तमाङ घेदुङ समाज रोमानियाका अध्यक्ष फुर्सङ लामा, वरिष्ठ सल्लाहकार सुरेन्द्र लामा, ईन्फो टिभी मिडियाका सञ्चालक एवम्  शेर्पा किदुग रोमानियाका अध्यक्ष लाक्पा तेन्जी शेर्पा, नेपाल किरात समावेशी सेवा समाजका अध्यक्ष गौरीमान लिम्बू, नेपाल मगर संघ रोमानियाका कोषाध्यक्ष सन्तोष थापा लगायतको सहभागिता थियो।

कार्यक्रमको सञ्चालन समाजका सचिव थमन गुरुङले गरेका थिए भने संरक्षक मोहन गुरुङ, सल्लाहकार ओवेश गुरुङ र अन्य विशेष अतिथिहरूले शुभकामना मन्तव्य दिएका थिए।

नयाँ कार्यसमिति चयन —

ल्होसारको अवसरमा तमु समाज रोमानियाले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति गठन गरेको छ। कार्यसमितिहरुमा अध्यक्षमा तिल ब तमु , उपाध्यक्षमा  सुजाता तमुस्यो , महासचिवमा भोज कुमार तमु, सचिवमा थमन क्रोम्जे तमु, सह सचिवमा कुमारी तमुस्यो, कोषाध्यक्षमा उराज तमु, सह कोषाध्यक्षमा सानू तमुस्यो रहेका छन्।

त्यस्तै सदस्यहरूमा एमान सिङ तमु, अनुस्का तमुस्यो, हौ ब तमु, भविन तमु रहेका हुन्। संरक्षक र सल्लाहकारहरू संरक्षकमा मोहन तमु रहेका छन् ।

तमु समाज रोमानियाले सल्लाहकारहरू पनि चयन गरेको छ। सल्लाहकारहरू पदम प्द्खुस तमु, ओवेश गुरुङ, प्रसाद तमु रहेका छन्।

सांस्कृतिक झल्को र शुभकामना आदानप्रदान —

कार्यक्रममा परम्परागत गुरुङ संस्कृति झल्किने विभिन्न प्रस्तुति देखाइएको थियो। साथै, उपस्थित अतिथिहरूबीच शुभकामना आदानप्रदान गरी नयाँ वर्षलाई उल्लासपूर्वक स्वागत गरियो।

तमु (गुरुङ) समाज रोमानियाको यो पहलले विदेशी भूमिमा नेपाली समुदायको पहिचान र एकताको महत्वलाई उजागर गरेको छ। नयाँ कार्यसमितिले आगामी दिनमा अझ प्रभावकारी गतिविधिहरू सञ्चालन गर्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *