काठमाडौं — लोकप्रिय गायक तथा संगीतकार अर्जुन सापकोटाले आफ्नो पछिल्लो सांगीतिक कोसेली ‘झलिको’ सार्वजनिक गरेका छन् । समसामयिक विषयवस्तुमाथि गीत बनाउन सिपालु सापकोटाले यसपटक वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको गहिरो असरलाई गीतको विषय बनाएका छन् । सापकोटाको आफ्नै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको यस गीतमा उनीसँगै वर्तमान समयका दुई चर्चित गायिका मेलिना राई र समीक्षा […]


