बेलायत — क्षेत्री समाज बेलायतले नयाँ नेतृत्व चुनेको छ । शनिबार अल्डरसटमा सम्पन्न नवौं अधिवेशनले टेक जिसीको नेतृत्वमा सर्वसम्मत २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितिमा एक महिलासहित तीनजना उपाध्यक्षमा नरेन्द्र बस्नेत, दिल जिसी र प्रतिमा केसी चुनिएका छन् । अधिवेशनबाट महासचिवमा मेजर बुद्धि भण्डारी (एमभीओ), सह-सचिवमा आनन्द थापा, कोषाध्यक्ष संजय ध्वज […]