प्रवास

क्षेत्री समाज बेलायतको अध्यक्षमा टेक जिसी

बेलायत — क्षेत्री समाज बेलायतले नयाँ नेतृत्व चुनेको छ । शनिबार अल्डरसटमा सम्पन्न नवौं अधिवेशनले टेक जिसीको नेतृत्वमा सर्वसम्मत २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितिमा एक महिलासहित तीनजना उपाध्यक्षमा नरेन्द्र बस्नेत, दिल जिसी र प्रतिमा केसी चुनिएका छन् ।

अधिवेशनबाट महासचिवमा मेजर बुद्धि भण्डारी (एमभीओ), सह-सचिवमा आनन्द थापा, कोषाध्यक्ष संजय ध्वज भण्डारी, सह-कोषाध्यक्ष मेजर चक्र खत्री, जनसम्पर्क सचिव रेशम खड्का, सांस्कृतिक सचिवमा सन्तोषी कार्की, महिला संयोजकमा माया केसी र मिडिया सचिवमा राममाया बिष्ट केसी चुनिएका छन् ।कार्यसमिति सदस्यहरुमा महेन्द्र कुँवर, श्रीमती अन्जना थापा, राजु बोहोरा, श्रीमती हिमा क्षेत्री, कृष्ण थापा, श्रीमती सम्झना अधिकारी क्षेत्री, सरोज थापा, श्रीमती शिला थापा केसी र श्रीमती विमला थापा छन् ।

नयाँ कार्यसमिति चुन्न सल्लाहकार डा राम अधिकारी, पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार रि क्या धन कुँवर र पूर्व अध्यक्ष तथा सल्लाहकार यज्ञ क्षेत्री रहेको निर्वाचन कमिटी गठन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *