
पोर्चुगल — अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यस वर्षको विजयादशमीको टिकाको शुभ साइतहरू सार्वजनिक गरेको छ । समितिको शनिबार काठमाडौंमा बसेको बैठकबाट निर्णय गरी विभिन्न देशका लागि विजयादशमीको लागि उत्तम साइतहरू सार्वजनिक गरेको हो । समितिका सचिव आचार्य लक्ष्मण पन्थीले विभिन्न देशमा बसोबास गर्ने वैदिक सनातन हिन्दु धर्मावलम्बीहरूबाट दसैँ टीकाको साइतबारे जिज्ञासा राखिएकाले तिथ्यादिको स्थानीयमान अनुसार […]