Home Login
प्रवास

पोर्चुगलका लागि दसैँको टीकाको शुभ साइत अक्टोबर २, बिहान ९ बजेर २३ मिनेटमा

पोर्चुगल — अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यस वर्षको विजयादशमीको टिकाको शुभ साइतहरू सार्वजनिक गरेको छ । समितिको शनिबार काठमाडौंमा बसेको बैठकबाट निर्णय गरी विभिन्न देशका लागि विजयादशमीको लागि उत्तम साइतहरू सार्वजनिक गरेको हो ।

समितिका सचिव आचार्य लक्ष्मण पन्थीले विभिन्न देशमा बसोबास गर्ने वैदिक सनातन हिन्दु धर्मावलम्बीहरूबाट दसैँ टीकाको साइतबारे जिज्ञासा राखिएकाले तिथ्यादिको स्थानीयमान अनुसार सम्बन्धित देशको स्थानीय समय अनुसार शुभ साइत सार्वजनिक गरिएको बताए ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यसअघि नै नेपालका लागि असोज १६ गते बिहान ११:५३ बजे टीकाको उत्तम साइत रहेको जानकारी गराइसकेको छ । समितिले युरोपेली मुलुक पोर्चुगलमा अक्टोबर २ तारिखको बिहान ९ बजेर २३ मिनेटको साइत उत्तम रहेको बताएको छ ।

बेलायतका लागि बिहान ९ बजेर १७ मिनेट, फ्रान्सका लागि बिहान ९ बजेर ५७ मिनेट, नर्वेका लागि बिहान १० बजेर ३ मिनेट,  मलेसियाका लागि बिहान ११ बजेर ११ मिनेट, युएइका लागि बिहान १० बजेर ५५ मिनेटको शुभ साइत रहेको छ ।

टोरेण्टो क्यानडाका लागि १ अक्टोबरका दिन बिहान ११ बजेर ५५ मिनेट, भ्यानकुभरका लागि ११ बजेर ३३ मिनेट, टोकियो जापानका लागि २ अक्टोबरका दिन बिहान ११ बजेर ३१ मिनेट, सिड्नी अष्ट्रेलियाका लागि २ अक्टोबरका दिन बिहान ११ बजेर ४३ मिनेट , मेलबर्न अष्ट्रेलियाका लागि सोही दिन बिहान ११ बजेर १९ मिनेट, व्रीसवेन अष्ट्रेलियाका लागि बिहान ११ बजेर ५३, मिनेट, एडिलेटका लागि ११ बजेर ३५ मिनेट, क्यानबेराका लागि ११ बजेर ५१ मिनेट, तास्मानियाका लागि ११ बजेर ४५ मिनेट पर्थका लागि ११ बजेर २५ मिनेट र डार्बिन अष्ट्रेलियाका लागि बिहान ११ बजेर ४७ मिनेटको साइत शुभ रहेको छ ।

त्यस्तै, दोहा कतारका लागि बिहान १० बजेर १३ मिनेट , थाइल्याण्डका लागि बिहान १० बजेर ४५ मिनेट , दक्षिण कोरियाका लागि बिहान १० बजेर ५७ मिनेट,  इजरायलका लागि बिहान ११ बजेर ३५ मिनेट , सिङ्गापुरका लागि बिहान ११ बजेर ९ मिनेट, हङ्गकङ्गका लागि बिहान ११ बजेर ४५ मिनेट, साउदी अरेबियाका लागि बिहान १० बजेर ५५ मिनेट, म्यानमारका लागि बिहान १० बजेर २७ मिनेट, स्विट्जरल्याण्डका लागि बिहान १० बजेर २५ मिनेट र माल्टाका लागि बिहान १० बजेर ५५ मिनेटको साइत स्थानीय समय अनुसार शुभ समितिले जनाएको हो ।

Leave a Reply