Home Login

पोर्चुगल — युरोपेली संघको नयाँ प्रवेश/निकास प्रणाली (EES) लागू भएसँगै लिस्बन विमानस्थलको सीमा नियन्त्रणमा देखिएको तनावपूर्ण अवस्थामा सुधार आएको छ । आइतबारदेखि सञ्चालनमा आएको नयाँ प्रणालीको सुरुवाती दिनहरूमा शेन्जेन क्षेत्र बाहिरबाट आउने यात्रुहरूले ९० मिनेटभन्दा बढी समयसम्म लामो लाइनमा पर्खनुपरेको थियो, तर बुधबार (१५ अक्टोबर) सम्ममा स्थिति धेरै हदसम्म शान्त बनेको विमानस्थल सञ्चालकले जनाएको छ […]

पोर्चुगल — पोर्चुगलको एकीकरण, माइग्रेसन र शरणार्थी एजेन्सी (एआईएमए) द्वारा जारी गरिएको पछिल्लो तथ्याङ्कले देशको आप्रवासन नीतिमा आएको महत्त्वपूर्ण परिवर्तनलाई उजागर गरेको छ । सन् २०२५ को पहिलो छ महिनामा मात्रै ९ हजार भन्दा बढी विदेशी नागरिकहरूलाई पोर्चुगल छोड्न सूचित गरिएको छ, जसले आप्रवासन व्यवस्थापनमा सरकारको बदलिँदो र कडा रणनीतितर्फ सङ्केत गर्दछ । एआईएमए द्वारा […]

पोर्चुगल (लिस्बन) — पोर्चुगलको लिस्बनमा अवस्थित नेपाली दूतावासले नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको अवसरमा तीन दिन दूतावास बन्द रहने सम्बन्धी एक महत्त्वपूर्ण सूचना प्रकाशित गरेको छ । वि.सं. २०८२ को दीपावली, म्ह:पूजा, नेपाल संवत् ११४६ तथा छठ पर्वको उपलक्ष्यमा उक्त बिदा दिइएको हो । दूतावासले जारी गरेको सूचनामा पोर्चुगलमा बसोबास गर्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा […]

जर्मनी — सरकारले विभिन्न देशका राजदूत फिर्ता गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ११ देशका राजदूत फिर्ता  गर्ने निर्णय गरेको हो । उनीहरुलाई २०८२ कात्तिक २० गतेभित्र नेपाल फर्कन निर्देशन दिइएको सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिए । फिर्ता हुने राजदूतहरुमा चीनका लागि कृष्णप्रसाद ओली, जर्मनी शैल रुपाखेती, इजरायल […]

पोर्चुगल — युरोपेली मुलुक पोर्चुगलमा नेपाली समुदायको खेलकुदप्रतिको उत्साहलाई निरन्तरता दिँदै ‘दोस्रो साओ टियोटोनियो गोल्ड कप २०२५’ खुला ‘सेभेन ए साइड’ फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । नेपाली क्लब साओ टियोटोनियोको आयोजनामा हुन लागेको यो प्रतियोगिताले पोर्चुगलमा रहेका नेपालीहरूलाई फुटबलको माध्यमबाट एकताबद्ध गर्ने लक्ष्य राखेको छ । “एकताको लागि फुटबल, फुटबलद्वारा एकताबद्ध” भन्ने मूल […]

पोर्चुगल — क्रिस्टियानो रोनाल्डोले अर्को नयाँ किर्तिमान बनाएका छन् । रोनाल्डो विश्वकप छनौटका खेलमा सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका छन् । रोनाल्डोले गएराती सम्पन्न हंगेरीविरुद्धको खेलमा दुई गोल गरेसँगै यस्तो किर्तिमान बनाएका हुन् । रोनाल्डोले अहिलेसम्म विश्वकप छनौटमा कुल ४१ गोल गरेका छन् । रोनाल्डो ५१ खेलमा ४१ गोल गर्दै यो नयाँ किर्तिमान कायम […]

कार्डिफ (वेल्स) – एनआरएनए यूके राज्य समन्वय परिषद् वेल्सको संयोजन तथा एनआरएनए यूकेको सहकार्यमा नेपाली राजदूतावास लन्डनबाट वेल्सको राजधानी कार्डिफस्थित वाईएमसीए प्लस भवनमा राहदानी सेवासहितको कन्सुलर शिविर सम्पन्न भएको छ । बिहान ११ देखि दिउँसो ४ बजेसम्म सञ्चालन भएको उक्त कार्यक्रममा स्थानीय नेपाली समुदायको उल्लेखनीय सहभागिता देखियो । कार्यक्रमको प्रारम्भमा एनआरएनए यूके राज्य समन्वय परिषद् […]

आयरल्याण्ड — नेपाली राजदूतावास लण्डनले आयरल्याण्डमा घुम्ती कन्सुलर शिविर आयोजना गर्ने भएको छ । दूतावासका अनुसार शिविर आगामी २ नोभेम्बर आइतबार बिहान ११ देखि दिउँसो ४ बजेसम्म पार्नेल स्क्वाएर वेष्ट, रोटुण्डा, डब्लिनमा सञ्चालन हुनेछ। उक्त शिविरमा राहदानी नवीकरणसहित विभिन्न कन्सुलर सेवा प्रदान गरिने दूतावासले जनाएको छ । राहदानी नवीकरणका लागि आवेदन दिने नेपाली नागरिकहरूले दूतावासको […]

पोर्चुगल — गत १२ अक्टोबरमा सम्पन्न पोर्चुगलको स्थानीय चुनावमा देशको राजनीतिक परिदृश्यमा महत्त्वपूर्ण परिवर्तनका सङ्केतहरू देखिएका छन् । सत्तारुढ सोसल डेमोक्र्याटिक पार्टी (PSD) ले सबैभन्दा धेरै नगरपालिकाहरूमा जित हासिल गर्दै पहिलो स्थानमा रहेको छ, तर समाजवादी पार्टी (PS) ले कडा टक्कर दिँदै दोस्रो स्थान सुरक्षित गरेको छ । अति-दक्षिणपन्थी पार्टी सेगाले आश गरेजति मेयर पद […]

पोर्चुगल — पोर्चुगलमा आज, अक्टोबर १२, आइतबार, देशव्यापी रूपमा स्थानीय तहको चुनावका लागि मतदान भइरहेको छ । यो चुनावमार्फत देशका ३०८ नगरपालिकाहरू  र ३ हजार २ सय ५९ वडाहरू मा आगामी चार वर्षका लागि नयाँ जनप्रतिनिधिहरू निर्वाचित हुनेछन् । बिहान ८ बजेदेखि नै मतदान केन्द्रहरूमा मतदाताहरूको उपस्थिति देखिन थालेको छ र साँझ ७ बजेसम्म मतदान […]