Home Login

विप्लव काफ्ले । स्पेन — गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति कोष्टाव्लाङ्काको अध्यक्षमा विपिन कुमार विसि सर्वसम्मत चयन भएका छन् । उनले दुई दशक बढी स्पेनमा व्यवसाय गर्दै आएका छन् । तेस्रो अधिवेशनबाट २ वर्षे कार्यकालका लागि १३ सदस्यीय कार्यसमिति चयन भएको छ । उपाध्यक्षमा सुवास ओली, सचिवमा अनुष्मा पोख्रेल, कोषाध्यक्षमा रुद्रनारायण आचार्य, सहसचिवमा डा. […]

पोर्चुगल — मगर संघ पोर्चुगलले आयोजना गरेको भूम्या बल पुजा सम्पन्न भएको छ । मगर समुदाय तथा अन्य समुदायका मानिसहरूको चाख लाग्दो उपस्थितिमा सो पुजा तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम ३ वोटा सस्था मगर संघ पोर्चुगल, तकसेरा समाज पोर्चुगल र लुगुम्याल समाज पोर्चुगलले संयुक्त रुपमा आयोजना गरेका थिए । सो कार्यक्रम जनजाति […]

दोहा — नेपाली दूतावासले कतारले दोहामा रहेका नेपालीलाई सतर्क रहन एक सूचना जारी गर्दै आग्रह गरेको छ । इरानले कतारमा रहेको अमेरिकी सैन्य अड्डामा सोमबार हवाई हमला गरेपछि उत्पन्न परिस्थितिका बीच आफ्ना नागरिकलाई सतर्क रहन भन्दै नेपाली दूतावासले सूचना जारी गरेको हो । दूतावासले जारी गरेको सूचनामा ‘शान्तिपूर्ण रहन र कतार सरकारको आधिकारिक सूचना र […]

क्यानाडा — क्यानाडा आउँदो वर्ष हुने आईसीसी टी-२० विश्वकपका लागि छनोट भएको छ। अमेरिका क्षेत्रीय छनोटमा बहामासलाई हराउँदै क्यानाडा भारत र श्रीलङ्कामा हुने टी–२० विश्वकप २०२६ का लागि छनोट भएको हो। बाहमासले दिएको ५८ रनको लक्ष्य क्यानाडाले ५ ओभर ३ बलमा ३ विकेट गुमाएर भेटायो। क्यानाडाका दिलप्रीत बाजवाले नटआउट ३६ रन बनाए। बहामासका केर्भोन हिन्दसले […]

लण्डन — गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले संघभित्र एकता कायम गर्न आफूहरू प्रतिबद्ध रहेको बताएका छन्। नेदरल्याण्डको बोसनमा आइतवार साँझ आयोजित एक कार्यक्रममा गैरआवासीय नेपालीहरूलाई सम्बोधन गर्दै डा. शर्माले संघमा एकता स्थापनाका लागि प्रक्रियागत ढंगले अघि बढ्नुपर्नेमा जोड दिए। “संघको विधानले जुलाई महिनाभित्र राष्ट्रिय समितिहरूको निर्वाचन गर्न अनिवार्य गरेको छ,” उनले […]

लिस्बन, पोर्चुगल — युरोपेली मुलुक पोर्चुगलमा खेलकुद, विशेषगरी फुटबल, मनोरञ्जन मात्र नभएर राष्ट्रिय पहिचान, सामाजिक एकता र जनजीवनको अभिन्न अंगको रुपमा रहेको छ। यहाँका नागरिकका लागि खेलकुद, त्यसमा पनि फुटबल, एक प्रकारको धर्म जस्तै हो, जसले उनीहरूलाई भावनात्मक रूपमा एकै ठाउँमा जोड्छ । फुटबल : पोर्चुगलको मुटुको धड्कन पोर्चुगलमा फुटबलको महत्वलाई शब्दमा बयान गर्न कठिन […]

पोर्चुगल — धरान फुटबल क्लब पोर्चुगलको आयोजनामा दोस्रो बुढासुब्बा कप खुला सेभेन ए साईड फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता १३ जुलाई २०२५ मा लिस्बनको भिक्टोरिया क्लब डे लिस्बोआमा हुने भएको हो । प्रतियोगितामा पोर्चुगलस्थित नेपाली समुदायका विभिन्न फुटबल क्लबहरू र युरोपको विभिन्न देशमा रहेका नेपाली समुदायका फुटबल क्लबहरूले समेत सहभागिता जनाउने भएका छन् […]

नर्वे — अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नर्वे च्याप्टरले ओस्लोमा तेस्रो अधिवेशन सफलतापूर्वक सम्पन्न गरेको छ । साहित्यकार विष्णुमाया विभुको सभापतित्व तथा साहित्यकार प्रा. डा. हिरण्यलाल ज्ञवालीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रा. डा. विशाल सिटौला र अनेसास केन्द्रका उपाध्यक्ष लालगोपाल सुवेदी विशेष अतिथिका रूपमा उपस्थित हुनुभएको थियो । अधिवेशनले राजेश सापकोटालाई अध्यक्षमा, दीपक खतिवडा गरिमालाई उपाध्यक्षमा, […]

पोर्चुगल — Corpus Christi २०२५ को अवसरमा नेपाली राजदूतावास लिस्बन बिहीबार जुन १९ तारिख बन्द हुने भएको छ । दूतावासले बुधबार एक सूचना सार्वजनिक गर्दै उक्त कुरा जानकारी गराएको हो । Corpus Christi पोर्चुगलमा एक महत्त्वपूर्ण इसाई (Christian) चाड हो, जसलाई पोर्चुगलीमा ‘Corpo de Deus‘ (परमेश्वरको शरीर) भनिन्छ। यो चाड क्याथोलिक परम्परामा आधारित छ र […]

बेलायत — प्रमुख सत्तारूढ दल नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले एमाले बलियो हुँदासम्म आफ्नो भविष्य नहुने देखेका शक्तिहरू एमालेविरुद्ध गाली गर्न लागेको स्पष्ट पारेका छन् । पोखरेलले राष्ट्रलाई बलियो बनाउने अभियानमा एमाले लागेकाले राष्ट्रियताविरोधी शक्ति एमालेविरुद्ध लागेको स्पष्ट गरे । बेलायत भ्रमणमा रहेका पोखरेलले पार्टीनिकट प्रवासी नेपाली मञ्च युकेको नवौँ अधिवेशनलाई बेलायतमा सम्बोधन गर्दै […]