Home Login

एजेन्सी, पेरिस — रुसले उत्पन्न गरेको खतरालाई उजागर गर्दै फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले ‘भविष्य’ को युद्ध अन्तरिक्षमा सुरु हुने बताएका छन् । उनले अन्तरिक्षमा सैन्य गतिविधिमा अरबौँ युरो खर्च बढाउने घोषणा गर्दै बुधबार भने, “अहिले विश्व आकाशमा युद्ध लडिरहेको छ र भोलिको युद्ध अन्तरिक्षबाट सुरु हुनेछ,” म्याक्रोँले फ्रान्सको नयाँ अन्तरिक्ष सैन्य कमान्ड सेन्टर रहेको टुलुसमा […]

एसियाली फुटबल महासंघ (एएफसी) ले हाल तीन वटा क्लब फुटबल प्रतियोगिता सञ्चालन गरिरहेको छ ।  एएफसीले सञ्चालन गर्ने शीर्ष श्रेणीको क्लब फुटबल लिग एएफसी च्याम्पियन लिग एलिट हो । दोस्रो श्रेणीको लिग एएफसी च्याम्पियन्स लिग-२ हो भने तेस्रो श्रेणीको लिगको नाम हो एएफसी च्यालेन्ज लिग ।  एएफसीले एसियाका देशहरूले सञ्चालन गर्ने लिगको स्तरको आधारमा तीन श्रेणीको […]

राष्ट्रिय समाचार समिति (रासस)को रिक्त महाप्रबन्धकमा पत्रकार सन्दीप राई नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले राईलाई राससको महाप्रबन्धक नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए । प्रेस चौतारी नेपालका केन्द्रीय सदस्यसमेत रहेका राई विगत दुई दशकदेखि पत्रकारिता क्षेत्रमा संलग्न छन् । पाँचथर फालेलुङ गाउँपालिका–३ का स्थायी बासिन्दा राईले मोफसल र राजधानी काठमाडौँमा रहेर […]

ब्रसेल्स, बेल्जियम —  युरोपेली संघ (ईयू) ले गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा परी अल जजीराका पत्रकारसहित पाँच जनाको मृत्यु भएको घटनाको कडा शब्दमा निन्दा गरेको छ । ईयूका विदेश नीति प्रमुख जोसेप बोरेलले पत्रकारहरूको सुरक्षा सुनिश्चित गर्नुपर्ने अन्तर्राष्ट्रिय कानुनको स्मरण गराउँदै घटनाको निष्पक्ष छानबिन र प्रमाणको माग गरेका छन् । सोमबार ईयूका विदेश मन्त्रीहरूको भर्चुअल […]

रासस — हमासले बन्धक बनाएका कञ्चनपुरका विपिन जोशीको रिहाइको माग गर्दै उनकी आमा पद्मा जोशी र बहिनी पुष्पा इजरायल पुगेका छन् । सोमबार राति उनीहरु इजरायल पुगेका हुन् । उनीहरुलाई स्वागत गर्न नेपालका लागि इजरायलका पूर्व राजदूत हेनान गोडार, नेपाली राजदूत धनप्रसाद पण्डित र विपिनका साथीहरु विमानस्थल पुगेका थिए । यसअघि पूर्व राजदूत गोडार नेपालमा […]

काठमाडौँ — नेपालले युक्रेन र सर्बियासँग भिसा-फ्रि प्रवेशको व्यवस्था गर्ने सम्झौता गरेको छ । यस्तो सुविधा कूटनीतिक, सरकारी तथा सेवा प्रयोजनका लागि प्रयोग हुने राहदानीवाहकलाई मात्रै हो । सम्झौतापछि यी प्रकारका राहदानीवाहकलाई एक-अर्काको देशमा भिसाबिना प्रवेश गर्न सक्ने सुविधा मिल्नेछ । उनीहरूले ९० दिनसम्म यात्रा गर्न सक्नेछन् । परराष्ट्र मन्त्रालयका अनुसार सम्झौता कार्यान्वयनमा आएपछि नेपाल, […]

एक वर्षमा आठ लाख ३९ हजार २६६ जना नेपालीले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार गएको आर्थिक वर्षमा श्रम स्वीकृति लिनेमा सात लाख ४४ हजार ८११ पुरुष छन् भने ९४ हजार ४५५ महिला रहेका छन् । अघिल्लो आर्थिक वर्ष भन्दा यसपटक एक लाख बढीले श्रम स्वीकृति लिएको विभागका महानिर्देशक कमल प्रसाद भट्टराईले […]

काठमाडौं — पशुपन्छीको हकहित, संरक्षण र कल्याणको क्षेत्रमा विगत एक दशकभन्दा बढी समयदेखि निरन्तर क्रियाशील रहँदै आएकी पत्रकार तथा पशु कल्याण अभियन्ता मधु कट्टेल (अमि) ‘राष्ट्रिय नागरिक विकास समाज’बाट सम्मानित भएकी छन् । समाजमा पशुपन्छीप्रति देखिने उपेक्षापूर्ण व्यवहार, हिंसा र दुव्र्यवहारविरुद्ध आवाज उठाउँदै आएकी कट्टेलले पशु कल्याणलाई सामाजिक र नीतिगत बहसको केन्द्रमा ल्याउन महत्त्वपूर्ण भूमिका […]

काठमाडौं — राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट नेपालको फुल कन्ट्याक्ट कराँतेलाई विधिसम्मत रूपमा मान्यता दिई गठन गरिएको तदर्थ समितिको सम्मानमा आयोजित बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रम बुधबार त्रिपुरेश्वरस्थित रंगशालामा भव्य रूपमा सम्पन्न भयो। कार्यक्रमको सभापतित्व आयोजक तथा फुल कन्ट्याक्ट कराँतेका संस्थापक महागुरु सिहान जगत प्रसाद गौचनले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा राखेपका सदस्य सचिव […]

नारायणगढ — यामाहा नेपालले नेपालको सबैभन्दा ठूलो दुई(पाङ्ग्रे सवारी एक्सचेन्ज इभेन्ट्स मध्ये एक, बहुप्रतिक्षित यामाहा ब्लु फेष्ट एक्सचेन्ज मेला को शुरु भएको छ । दुई (पाङ्ग्रे सवारीसाधान प्रेमीहरूलाई आकर्षित पार्ने उद्देश्य अनुरुप २०८२ आषाढ १५ गतेदेखि आषाढ २० गते सम्म नारायणगढ स्थित क्याम्पसचोकमा (सि.जी.ल्याण्डमार्क सँगै) मेलाको शुरु भएको हो । एक साता सम्म जारी रहने […]