Home Login

काठमाडौं — चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिना (साउनदेखि फागुन) सम्म मुलकबाट बाहिरिनेभन्दा भित्रिने रकम तीन खर्ब १० अर्बले धेरै भएको छ। २०८०/८१ को आठ महिनामा मुलकबाट बाहिरिनेभन्दा भित्रिने रकम तीन खर्ब २७ अर्बले धेरै थियो। मुलुकले गर्ने आम्दानी, विदेशी सहायता प्रत्यक्ष वैदेशिक लगानी लगायत सबै गरेर बाहिरिने रकमभन्दा भित्रिने रकम धेरै भएको हो […]

अमेरिका — स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदिप पौडेल राष्ट्रसंघीय जनसङ्ख्या तथा विकास आयोगको ५८ सभामा भाग लिन आइतबार न्यूयोर्क आइपुगेका छन्। मन्त्री पौडेललाई संयुक्त राष्ट्र संघका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापालगायत दूतावासका कर्मचारीले स्वागत गरेका थिए। मन्त्री पौडेलको स्वागतका लागि जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्ट तथा महासचिव मुनेन्द्र नेमवाङ विमानस्थल पुगेका थिए। मन्त्री पौडेलले […]

नेपालको मौलिक खानाको विविधता, सांस्कृतिक धरोहर, र परम्परागत स्वादलाई विश्वसामु चिनाउने उद्देश्यले आउँदो वैशाख ६ गते काठमाडौंको भृकुटीमण्डप स्थित प्रदर्शनी मार्गमा पहिलो अन्तर्राष्ट्रिय नेपाली फुड फेस्टिभल आयोजना हुन गइरहेको छ । नेपाल तथा विदेशमा कार्यरत नेपाली सेफहरूको समन्वयमा नेपाली सेफ सोसाइटी र अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको संयुक्त पहलमा हुन लागेको यस ऐतिहासिक फेस्टिभलका विविध पक्षबारे […]

लन्डन । बेलायत सरकारले अप्रिल १ तारिखदेखि लागू हुने गरी कामदारहरुको न्यूनतम ज्याला (नेशनल मिनिमम वेजेज) वृद्धि गरेको छ । ६ दशमलव ७ प्रतिशत वृद्धिसंगै यसअघि ११ दशमलव ४४ पाउण्ड प्रतिघण्टा रहेको न्यूनतम ज्याला अब प्रतिघण्टा १२ पाउन्ड २१ पेन्स पुगेको छ । उक्त वृद्धिसंगै फुलटाइम काम गर्ने एकजना कामदारले वार्षिक १ हजार ४ सय […]

चितवन । चितवन जिल्ला अदालतमा जर्मनीका लागि नेपाली राजदूत डा. शैल रुपाखेतीविरुद्ध जालसाजीको कसूरमा फौजदारी मुद्दा दायर भएको छ। भरतपुर महानगरपालिका–१० मा रहेको सासु विष्णु माया पौडेलको नाममा रहेको जग्गाको हक हस्तान्तरणका क्रममा अन्य अंशियारको हक मेट्ने गरी लिखत साक्षी बसेको आरोपमा उनीविरुद्ध मुद्दा दायर भएको खुल्न आएको हो। चितवन जिल्ला अदालतका सूचना अधिकारी अमृत […]

अमेरिकी — अमेरिकी विदेशमन्त्रि मार्को रुबियोले अमेरिकी नीति विपरित राजनीतिक दृष्टिकोण व्यक्त गर्ने आन्दोलनमा सहभागी हुने ३०० भन्दा बढी आप्रवासी विधार्थीको भिसा रद्द गरेको जानकारी दिएका छन । रुबियोले भने कि रद्द गरिएका भिसाहरु विद्यार्थीहरूको मात्रै नभएर भिजिटिड भिसा भएकाहरुको रद्द गरिएका छन् । उनिहरुको भिषा आपराधिक गतिविधि र अमेरिकी नीति विपरित गतिविध गरेको कारण […]

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिमस्टेकको छैटौं शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार थाइल्याण्ड गएका छन् । बिमस्टेक सम्मेलनसँगै पहिलो पटक प्रधानमन्त्री स्तरीय भ्रमण समेत थाइल्याण्डमा हुने भएको छ। कुटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्षपछि नेपालको प्रधानमन्त्री पहिलो पटक औपचारिक भ्रमण हुँदै छ । २० गतेबाट औपचारिक भ्रमण […]

काठमाडौँ — सरकारले डिजेलको भाउ २ रुपैयाँले घटाउने भएको छ। नेपाल आयल निगम सञ्चालक समितिको बैठकबाट डिजेल र मट्टितेलको भाउ प्रतिलिटर २ रुपैयाँ घटाउने निर्णय गरेको हो। निगमले सोमबार जारी गरेको विज्ञप्तिअनुसार भारतबाट प्राप्त खरिद मूल्यअनुसार पेट्रोलको भाउ प्रतिलिटर ४५ पैसा बढेर आएको थियो । यस्तै डिजेल तथा मट्टितेलको भाउ भने प्रतिलिटर २ रुपैयाँ १५ […]

(‘डिम्यान’सँग प्रधानमन्त्री केपी शर्मा ओलीले भनेः डिजिटल मिडिया जिम्मेवार बनुन् , सरकार नियन्त्रण गर्ने मुडमा छैन) काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल मिडियाले समाजमा सकारात्मक सन्देश दिनु पर्ने बताएका छन् । बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा डिजिटल मिडिया अलायन्स नेपाल (डिम्यान) सँग प्रधानमन्त्री ओलीले नागरिकका पहुँचमा भएका नयाँ मिडियाहरुमा नकारात्मक सन्देश प्रभाव हुनु दुखद […]

लन्डन । हिथ्रो विमानस्थल शनिवार देखि पूर्ण रुपमा सञ्चालनमा आएको विमानस्थल प्रशासनले बताएको छ । विमानस्थलको सेवा बन्द भई यात्रामा समस्या उत्पन्न भएको एक दिनपछि शनिबार हिथ्रो विमानस्थल ‘पूर्ण रुपमा सञ्चालनमा’ आएको विमानस्थलका एक प्रवक्ताले बताउनुभयो । विमानस्थलको विद्युत् सबस्टेसनमा आगलागी हुँदा शुक्रबार अधिकांश समय लण्डन विमानस्थल बन्द भएको थियो भने साँझपछि आंशिकरूपमा उडान सेवा […]