Home Login

अशिम लोप्चन तामाङ । ४ फेब्रुअरी —  तामाङ समाज माल्टाद्वारा आयोजित सोनाम ल्होछार २८६१ डुल (स पुख्री) (सर्प बर्ग) ल्हो सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । माल्टाको जिरा स्थित अर्फियम थेयटरमा आयोजित ल्होछार कार्यक्रमले तामाङ समुदायको संस्कृति, परम्परा र एकता प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ । कार्यक्रममा माल्टाका विभिन्न संघ सस्थाका प्रतिनिधिहरु तामाङ समुदायका सदस्यहरू, बिभिन्न […]

काठमाडौँ — कानूनविद्हरुले गैर आवासीय नेपाली संघ(एनआरएनए) मा शेष घलेको संयोजकत्वमा बनेकोउच्चस्तरीय समितिलाई निर्वाचनको काम अगाडी बढाउनकुनै वाधा नभएको जनाएका छन्। ग्लोबल नेप्लिज न्युज नेटवर्क (जीएनएन) द्वारा आयोजितअन्तरक्रियामा बोल्दै वरिष्ठ अधिवक्ता शम्भु थापाले  सर्वोच्च अदालतको पहिलो र दोस्रो फरक फरक मुद्दाहरुभएको र  दोस्रो मुद्दाको संक्षिप्त आदेश आइसकेपछिपरराष्ट्र मन्त्रालयले एनआरएनएलाई लेखेको पत्रलाईखारेज गरि दिएको जनाए । […]

टोकियो । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल, नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी, नेकपा (एमाले) का केन्द्रीय सदस्य सूर्य पाठक तथा प्रवासी नेपाली मञ्च जापानका प्रतिनिधिहरूले जापान सरकारका उच्च अधिकारीहरू, जापानको विदेश मन्त्रालयका प्रतिनिधिहरू तथा जाइकाका अधिकारीहरूसँग नेपाल-जापान विकास सहकार्यका विविध पक्षमा उच्चस्तरीय छलफल गरेका छन्। सोमवार टोकियोमा महासचिव पोखरेल सहितको टोलीले जापानी टोलीसंग […]

लाक्पा तेन्जी शेर्पा । रोमानिया — मन्जु श्री सम्बत २८६१ (डुल ल्हो) – नेपाल तामाङ घेदुङ रोमानियाद्वारा सोनाम ल्होछार २८६१ (डुल ल्हो) को पावन अवसरमा विशेष कार्यक्रमको भव्य आयोजना गरिएको थियो । बौद्ध परम्पराअनुसार धार्मिक पूजापाठ गर्दै सुरु गरिएको उक्त  कार्यक्रमले नेपाली समुदायबीच आपसी एकता, संस्कृति तथा परम्पराको प्रवर्धन गर्ने महत्वपूर्ण भूमिका खेलेको छ। कार्यक्रमको भव्य […]

सुबास चाम्लिंग । ब्रुज बेल्जियम — तामाङ समाज बेल्जियमले रमणिय शहर ब्रुजमा आयोजना गरेको २८६१ सोनाम ल्होछार डूल ल्हो (सा पुख्री ल्हो) कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । ल्होऱ्छार कार्यक्रममा खाना तथा हल ब्यबस्थापन झोरमान वाईबा, अजय गुरुङ, ज्योति घिसिङ,लाल तामाङ, रुमेन छोतेन लगायत ब्रुजबासि तामाङ दाजुभाई तथा दिदिबहिनीहरुले गरेका थिए । मोलङको लागि […]

पोर्चुगल — तामाङ समाज पेगोइसले २८६१औं डुल ल्हो सर्प वर्ग सोनाम ल्होछार पेगोइस स्थित सभाहलमा भब्य रुपमा सम्पन्न गरेको छ।  ‘संसार भरिका तामाङ एक हौं, आफ्नो भाषा ,धर्म र सस्कृतीलाई जोगाऔं’ भन्ने मूल नाराका साथ आयोजित ल्होछार कार्यक्रम काजि तामाङको अध्यक्षतामा भएको हो। तामाङ बुद्धिजीवी रेशमलाल तामाङको प्रमुख तथा युवा ब्यवसायी तथा समाजसेवी प्रकाश जिसीको […]

सुमन अधिकारी । मदेईरा — युरोपेली मुलुक पोर्चुगल स्थित मदेईरा टापुमा रहेका तामाङ परीवारद्वारा तामाङ समुदायहरूको मौलिक पर्व सोनाम ल्होछारको अवसरमा बृहत् साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। मंगलबार सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथिमा राप्रपा नेपालको संस्थापक राष्ट्रिय अध्यक्ष आईतराम तामाङ रहेका थिए भने विशेष अतिथि लामा गुरु निमा लामा रहेका थिए । आयोजक तथा व्यबस्थापक […]

युरोप — अंग्रेजी नववर्षको पहिलो महिना जनवरीमा ७९ हजार ९९१ पर्यटक नेपाल भित्रिएका छन्। विश्वका अधिकांश देशमा पर्यटकीय गतिविधि उच्च हुँदा नेपालमा २०१९ बराबर पर्यटक भित्र्याउन नसकेको हो।  सन् २०१९ मा ८१ हजार २७३ पर्यटक नेपाल भित्रिएका थिए। त्यसको तुलनामा ९८ प्रतिशत मात्रै पर्यटक भित्रिएका छन्। २०२४ मा ७९ हजार १०० भित्रिएका थिए। जनवरीमा भारतबाट २० हजार […]

पोर्चुगल — तामाङ समाज पोर्चुगलको सोनाम ल्होछार विशेष सांस्कृतिक कार्यक्रमका लागि चर्चित गायक मिलन लामा आज शनिवार पोर्चुगल आइपुगेका छन्। गायक लामा तामाङ समाज पोर्चुगलले `मञ्जुश्री संवत २८६१, डुल सा पुख्री ल्हो´को विशेष अवसर पारेर गर्न लागिएको ल्होछार विशेष कार्यक्रममा लागि गायक लामा  पोर्चुगल आइपुगेका हुन्। राजधानी लिस्बनको अन्तर्राष्ट्रिय विमानस्थलमा चर्चित गायक मिलन लामालाई स्वागत गर्नको […]

नेकपा( एकीकृत समाजवादी) को प्रवासको संगठन प्रवासी नेपाली एकता मञ्चको अन्तर्राष्ट्रिय कमिटीले प्रवासको नयाँ जिम्मेवारी पाएका आफ्ना नेताहरूलाई स्वागत गरेको छ। एकीकृत समाजवादीले प्रवासलाई विशेष प्रदेश कमिटी सरहको मान्यता दिएको छ। अनलाइन भर्चुअलमार्फत भएको कार्यक्रममा स्थायी कमिटी सदस्य तथा अन्य प्रवास इन्चार्ज श्रीप्रसाद शाह, पोलिटब्युरो सदस्य तथा सह इन्चार्ज गौतम राईलाई स्वागत गरिएको थियो। त्यसैगरी […]