पोर्चुगल — युइएफए नेसन्स लिगको सेमिफाइनलका खेल आज बुधबार ( जुन ०४ ) तारिख राति देखि सुरु हुने भएको छ । नेसन्स लिगको सेमिफाइनलमा जर्मनी, पोर्चुगल, स्पेन र फ्रान्स पुगेका छन् ।
जसमा आज राति बुधबार पहिलो सेमिफाइनल खेलमा जर्मनी र पोर्चुगल आमने सामने हुने भएका हुन् । जर्मनीको म्युनिखस्थित एलियान्ज एरिनामा हुने यो खेल नेपाली समय अनुसार राति १२: ४५ बजेदेखि सुरु हुने भएको हो ।
त्यस्तै दोस्रो सेमिफाइनल खेलमा विहिबार राति स्पेन र फ्रान्स बीच हुने भएको छ । यो खेल जर्मनीको स्टुटगार्टस्थित एमएचपी एरिनामा स्टेडियममा हुने भएको हो ।
युइएफए नेसन्स लिगको फाइनल खेल ८ जुनमा म्युनिखमा हुनेछ । युइएफए नेसन्स लिगको यो चौथो सिजन हो । नेसन्स लिगको पहिलो सिजन पोर्चुगलले जितेको थियो भने दोस्रो सिजन फ्रान्स र तेस्रो सिजन स्पेनले जितेको थियो ।