टोकियो, जापान — तनहुँ समाज जापानको दोस्रो अधिवेशन २०२५ जुन १, आइतवारका दिन टोकियोको ओकुवो स्टेशन नजिकै रहेको प्याराडाइज रेष्टुराँमा सम्पन्न भएको छ । सन् २०१८ मा स्थापना भएको समाजले आफ्नो नियमित अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेको छ ।
पूर्व अध्यक्ष विजय थापाको अध्यक्षतामा सम्पन्न अधिवेशनले डा. भोजराज पन्तको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । नव-निर्वाचित कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा दिपक घिमिरे, उपाध्यक्षमा माधव सिग्देल, पुष्प बानिँया, र शंकर सिग्देल चयन भएका छन्। महिला उपाध्यक्षको जिम्मेवारी धार्मिका घिमिरेले सम्हाल्ने भएकी छन् ।
त्यसैगरी, सचिवमा डा. दिपेन्द्र ढकाल, कोषाध्यक्षमा सुरेन्द्र सुवेदी, सह-सचिवमा बासुदेव पन्त, सह-कोषाध्यक्षमा शान्ती अधिकारी चयन भएका छन् । सदस्यहरूमा अम्बिका पौडेल, राजु महत, दिल दराइ, सुवास थापा, लक्ष्मण बानिँया, प्रज्वल तिमल्सिना, शन्त गुरुङ र माया भुजेल रहेका छन् ।
समाजका संरक्षकमा राजेन्द्र जमर्कट्टेल र विजय थापा रहेका छन् भने सल्लाहकारहरूको भूमिकामा तारा थापा, पुरुसोत्तम सिग्देल, सुमन भट्टराई र मीन गुरुङ रहने भएका छन् ।
नव निर्वाचित कार्यसमितिको पहिलो बैठक पनि सोही दिन सम्पन्न भएको थियो । बैठकले निवर्तमान कार्यसमिताप्रति आभार व्यक्त गर्दै आगामी जुलाई १३ तारिखमा भानु जयन्ती भव्यताका साथ मनाउने निर्णय गरेको छ ।
समाजले जापानमा रहेका तनहुँबासी नेपालीहरूबीच एकता, आपसी सहयोग र संस्कृतिको संरक्षणमा निरन्तर क्रियाशील भूमिका खेल्दै आएको छ ।