Home Login

एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको निधनप्रति नेपाल पत्रकार महासंघ युरोप शाखाद्वारा कडा निन्दा (विज्ञप्ति सहित) काठमाडौं । राजसंस्थाको पुनर्स्थापनाको माग गर्दै शुक्रबार काठमाडौंमा भएको हिंसात्मक प्रदर्शनका क्रममा आगजनीका कारण एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको दुःखद निधन भएको घटना प्रति नेपाल पत्रकार महासंघ युरोप शाखाले गम्भीर ध्यानाकर्षण सहित अध्यक्ष केजिन राईको हस्ताक्षरमा प्रेस विज्ञप्ति सार्वजनिक गरेको […]

काठमाडौं — नेपालस्थित अमेरिकी दूतावासले अमेरिकी भिसा लिनका लागि गलत विवरण वा नक्कली कागजात पेस गरेमा वा त्यस्तो भेटिएमा अमेरिका प्रवेशमा आजीवन प्रतिबन्धका साथै आपराधिक मुद्दा लाग्न सक्ने चेतावनी दिएको छ। नपालस्थित अमेरिकी दूतावासले बुधबार सूचना जारी गरी अमेरिकी भिसा लिने नाममा गलत विवरण नदिन सचेत गराएको उल्लेख छ । दुतावासद्धारा जारी सूचनामा भनिएको छ, […]

युएई – नेपाल सेफ सोसाइटी युएईको अध्यक्षमा विश्वप्रतिष्ठित नेपाली पेस्ट्री एवम् बेकरी सेफ ह्युमन प्रसाद लिम्बु चयन भएका छन् । सोमबार दुबईमा अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीका केन्द्रीय अध्यक्ष अरुण अधिकारीको विशेष उपस्थितिमा सम्पन्न भेलाले निवर्तमान अध्यक्ष उद्धव श्रेष्ठको बिदाई सम्मान तथा नवनियुक्त अध्यक्ष लिम्बु लगाएत नयाँ कार्यसमिति सदस्यहरुलाई भव्य स्वागत गरिएको थियो । कार्यक्रममा केन्द्रीय अध्यक्ष […]

दुबई — ‘नेपाली कला, संस्कृति, खेलकुद, व्यापार, पर्यटन तथा नेपाली पहिचानको उत्सव’ भन्ने नाराका साथ आउँदो २० अप्रिल २०२५ का दिन क्रिक पार्क दुबईमा नेपाल फेस्टिवलको हुने भएको छ । नेपाली राजदूतावास आबुधावीको संरक्षकत्व तथा नेपाल एसोसिएसन–एनआरएनए एनसीसी यूएईका र नेपाली समाज यूएई, नेपाल आदीवासी जनजाती महासंघ यूएई, नेपाल पत्रकार महासंघ, यूएई शाखा, क्रियासिल बिभिन्न […]

लन्डन । हिथ्रो विमानस्थल शनिवार देखि पूर्ण रुपमा सञ्चालनमा आएको विमानस्थल प्रशासनले बताएको छ । विमानस्थलको सेवा बन्द भई यात्रामा समस्या उत्पन्न भएको एक दिनपछि शनिबार हिथ्रो विमानस्थल ‘पूर्ण रुपमा सञ्चालनमा’ आएको विमानस्थलका एक प्रवक्ताले बताउनुभयो । विमानस्थलको विद्युत् सबस्टेसनमा आगलागी हुँदा शुक्रबार अधिकांश समय लण्डन विमानस्थल बन्द भएको थियो भने साँझपछि आंशिकरूपमा उडान सेवा […]

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक पक्राउ परेका छन्। प्रहरीका अनुसार  सुर्खेत वीरेन्द्रनगर नगरपालिका–९ घर भई काठमाडौं बुढानिकलण्ठ नगरपालिका–९ बस्ने ५१ वर्षीय प्रकाशबहादुर सिंहलाई बुधबार प्रहरीले पक्राउ गरेको छ। सिंहले माल्टा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख ७० हजार रूपैयाँ लिई सम्पर्क बिहीन भएको भन्ने पीडितहरूको […]

पोर्चुगल । यूरोपका अधिकांश देशहरूमा मार्च महिनाको अन्तिम आइतबार घडीलाई एक घण्टा अघि सारिन्छ, स्थानीय समय बिहान १ बजेबाट २ बजे हुँदै समय परिवर्तन हुन्छ। मार्च २०२५ को अन्तिम आइतवार ३० मार्चमा शनिबार राति देखि आइतवार बिहान समय परिवर्तन हुन्छ । रातको १ बजे (अधिकृत समय) घडीलाई एक घण्टा अघि बढाएर २ बजे बनाइनेछ। यस […]

काठमाडौं । अछाम केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहान ६ बजेर ३३ मिनेटमा भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार अछामको बाटुलसेन केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युटको भूकम्प गएको हो ।

काठमाडौं । नेकपा एमाले अन्तर्गत रहेको खेलकुद संगठन नेपाल खेलकुद महासंघ (नेकोस), उपत्यका विशेष प्रदेश कमिटी तथा राष्ट्रिय फुलकन्ट्याक्ट कराँते संघ – नेकोस द्वारा आयोजित १ vs १ नेकोस राष्ट्रिय फुलकन्ट्याक्ट कराँते प्रतियोगिता २०८१ सम्पन्न भएको छ । उक्त प्रतियोगिता काठमाडौंको त्रिपुरेश्वरस्थित सेमि कभर्डहलमा भएको हो । उपत्यका विशेष प्रदेश कमिटीका अध्यक्ष तथा नेपाल शिन […]

लन्डन — गैर आवासीय नेपाली संघ (एनआरएनए) का ४६ राष्ट्रिय समन्वय समिति (एनसीसी) हरुले दुइ ओटा छुट्टाछुट्टै महाधिवेशन आयोजना गरिंदा संघ औपचारिक रुपमै विभाजित हुन सक्ने खतरा देखिए पछि  एकताको बृहत्  रोडम्याप प्रस्तुत गरेका छन् ।   उनीहरुले एकताको पहल स्वरुप बद्री केसी पक्षलाई काठमाडौँ बालुवाटारस्थित संघको केन्द्रिय सचिवालय तत्काल उच्चस्तरीय समितिलाई हस्तान्तरण गर्न आह्वान […]