Home Login
प्रवास

लन्डनस्थित नेपाली दूतावासमा गणतन्त्र दिवस विशेष समारोह (फोटो फिचर)

लन्डन — नेपालमा गणतन्त्र स्थापनाको सम्झनामा हरेक वर्ष जेठ १५ गते मनाइने गणतन्त्र दिवस बिहीवार लन्डनस्थित नेपाली दूतावासमा पनि विशेष समारोहका साथ मनाइएको छ।

दूतावासको आयोजनामा भएको उक्त कार्यक्रममा संयुक्त अधिराज्य (बेलायत) का लागि नेपाली राजदूत चन्द्र घिमिरेले सहभागीहरूलाई स्वागत गर्दै गणतन्त्र दिवसको शुभकामना व्यक्त गरे।

कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय उपाध्यक्ष डा. हेमराज शर्मा, रोजिना प्रधान राई, संघका अन्य पदाधिकारीहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, पत्रकार, बुद्धिजीवी तथा व्यवसायीहरूको उल्लेखनीय उपस्थिति थियो।

नेपालमा २०६२/६३ को जनआन्दोलन पछि गठित संविधानसभाको पहिलो बैठकले २०६५ साल जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो। सोही दिनलाई स्मरण गर्दै प्रत्येक वर्ष देश तथा विदेशमा रहेका नेपालीहरूद्वारा गणतन्त्र दिवस मनाइँदै आएको छ। यस दिनलाई २३८ वर्ष लामो शाह वंशीय राजतन्त्रको अन्त्यको ऐतिहासिक मोडको रूपमा लिइन्छ।

Leave a Reply