Home Login
प्रवास

न्युजिल्यान्डका उपप्रधानमन्त्री पिटर्स नेपाल भ्रमणमा आउँदै

काठमाडौँ । न्युजिल्यान्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री विन्सटन पिटर्स नेपालको दुईदिने औपचारिक भ्रमणमा आउने भएका छन् ।

उनी आगामी २८–२९ मेमा पहिलो पटक नेपाल भ्रमणमा आउने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

नेपाल भ्रमणका क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नेछन्। साथै, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग पनि द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । 

परराष्ट्र मन्त्रालय आइतबार विज्ञप्ति जारी गर्दै यो भ्रमणले नेपाल र न्युजिल्यान्डबीचको सम्बन्ध विस्तार र द्विपक्षीय सहकार्यमा थप प्रगति हुने विश्वास व्यक्त गरेको छ ।

Leave a Reply