Home Login

काठमाडौं — हरेक वर्षझैं यस वर्ष पनि इंडेक्स एक्सचेन्जले आफ्ना ग्राहकहरूका लागि भाग्य बदल्ने अफर ल्याएको छ। इंडेक्स एक्सचेन्जले रमदानको पावन महिनालाई विशेष बनाउन, शान ए रमदान सिजन चार अन्तर्गत यस बार, बुल्डोजरको वार भन्ने नारा सहित एक विशेष प्रवर्द्धन सुरु गरेको हो । यो योजना मार्च २९, २०२५ सम्म लागू हुने कंपनीले जनाएको छ। […]

टोकियो । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल, नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी, नेकपा (एमाले) का केन्द्रीय सदस्य सूर्य पाठक तथा प्रवासी नेपाली मञ्च जापानका प्रतिनिधिहरूले जापान सरकारका उच्च अधिकारीहरू, जापानको विदेश मन्त्रालयका प्रतिनिधिहरू तथा जाइकाका अधिकारीहरूसँग नेपाल-जापान विकास सहकार्यका विविध पक्षमा उच्चस्तरीय छलफल गरेका छन्। सोमवार टोकियोमा महासचिव पोखरेल सहितको टोलीले जापानी टोलीसंग […]

युरोप — अंग्रेजी नववर्षको पहिलो महिना जनवरीमा ७९ हजार ९९१ पर्यटक नेपाल भित्रिएका छन्। विश्वका अधिकांश देशमा पर्यटकीय गतिविधि उच्च हुँदा नेपालमा २०१९ बराबर पर्यटक भित्र्याउन नसकेको हो।  सन् २०१९ मा ८१ हजार २७३ पर्यटक नेपाल भित्रिएका थिए। त्यसको तुलनामा ९८ प्रतिशत मात्रै पर्यटक भित्रिएका छन्। २०२४ मा ७९ हजार १०० भित्रिएका थिए। जनवरीमा भारतबाट २० हजार […]

काठमाडौं — होलिडे ट्रिप नेपाल ट्राभल एण्ड टुर्स प्रालिका प्रवन्ध निर्देशक ,युवा पर्यटन व्यवसायी तथा गोखार्ली रग्बी क्लबका संस्थापक अध्यक्ष समाजसेवी रोहित कार्की सम्मानित भएका छन् । शहीद दिवसको अवसरमा बुधबार राष्ट्रिय नागरिक विकास समाजले काठमाडौं गरेको बिशेश कार्यक्रममा कार्कीलाई सफल पर्यटन व्यवसायी सम्मानबाट कार्यक्रकामा प्रमुख अतिथि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर […]

रासस — राष्ट्रियसभाको आजको बैठकमा ‘मिडिया काउन्सिल विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदन र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन’ पेस गरिएको छ । राष्ट्रियसभाको आजदेखि प्रारम्भ भएको सत्रौँ अधिवेशनमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ती विधेयक पेस गरेकी हुन् । विधेयक पेस गर्दै सभापति दाहालले पत्रकारिता क्षेत्रमा पेसागत आचारसंहिता कायम […]

काठमाडौँ —  नेपाल पत्रकार महासंघले राष्ट्रिय सभामा पेस भएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमनसम्बन्धी विधेयकका कतिपय प्रावधान स्वीकार्य नहुने बताएको छ। बुधबार महासंघले विज्ञप्ती जारी गर्दै सरकारले राष्ट्रिय सभामा पेस गरेको विधेयकका कतिपय प्राविधान प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचन र नियन्त्रण गर्ने खालका भएकोले स्वीकार्य नहुने बताएको हो । महासंघको विज्ञप्तीमा अगुवा नागरिक संस्था […]

(एनआरएनए उच्चस्तरीय समितिद्वारा आयोजित अन्तरक्रियामा व्यापक सहभागिता, आउँदो मे महिनामा एकता महाधिवेशनमा भाग लिन आह्वान) काठमाडौँ — गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) को एकताको महाधिवेशन गराउने जिम्मेवारी पाएको डा. शेष घले नेतृत्वको उच्चस्तरीय समितिले संसारभरिका गैर आवासीय नेपालीहरूसँग सोमबार भर्चुअल संवाद गरेको छ । काठमाडौँमा आगामी २०८२ वैशाख २० देखि २२ गते सम्म (मे ३–५, […]

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दर्ता गराएको निवेदनमा उच्च अदालत पोखराले कैफियत प्रतिवेदन मगाउन आदेश दिएको छ । न्यायाधीश मिलनकुमार राईको इजालसले जिल्ला अदालत कास्कीसँग कैफियत प्रतिवेदन मगाउन आदेश दिएको हो । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम हिनामिनाको मुद्दामा जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले गत पुस २५ गते […]

गत आईतवार १९, जनवरी २०२५ का दिन दुवइको बुर्जुमान स्थित पार्क रेगिस होटलको सभाहलमा नेपाली समाज, युएईको १६औ महाधिवेशन कार्यक्रम भव्यताका साथ  एक विशेष समारोहका बिच सम्पन्न भएको छ । नेपाली राजदुतावास अबुधाबीका महामहिम राजदुत श्री तेज बहादुर क्षेत्री ज्युको प्रमुख आतिथ्यमा सम्पन्न उक्त समारोहमा दुतवासका उपप्रमुख श्री रन्जिता दाहाल,  श्रम काउन्सुलर श्री दिपेन्द्र पौडेल […]

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले युरोपेली युनियन (ईयू) को आकाशमा नेपाली एयरलाइन्सको हवाई उडानमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न आग्रह गरेका छन् । नेपालका लागि ईयूका राजदूत भेरोनिक लोरेन्जोसहितको प्रतिनिधिमण्डलसँग शुक्रबार मन्त्रालयमा भएको भेटघाटका क्रममा मन्त्री पाण्डेले ईयूको आकाशमा नेपाली एयरलाइन्समाथि लगाइएको प्रतिबन्ध चाँडै फुकुवा गरेर सहयोग गरिदिन अनुरोध गरेका हो । पर्यटनमन्त्री पाण्डेले […]