Customize Consent Preferences

We use cookies to help you navigate efficiently and perform certain functions. You will find detailed information about all cookies under each consent category below.

The cookies that are categorized as "Necessary" are stored on your browser as they are essential for enabling the basic functionalities of the site. ... 

Always Active

Necessary cookies are required to enable the basic features of this site, such as providing secure log-in or adjusting your consent preferences. These cookies do not store any personally identifiable data.

No cookies to display.

Functional cookies help perform certain functionalities like sharing the content of the website on social media platforms, collecting feedback, and other third-party features.

No cookies to display.

Analytical cookies are used to understand how visitors interact with the website. These cookies help provide information on metrics such as the number of visitors, bounce rate, traffic source, etc.

No cookies to display.

Performance cookies are used to understand and analyze the key performance indexes of the website which helps in delivering a better user experience for the visitors.

No cookies to display.

Advertisement cookies are used to provide visitors with customized advertisements based on the pages you visited previously and to analyze the effectiveness of the ad campaigns.

No cookies to display.

साउथवेस्टर्नको विज्ञान प्रदर्शनी सम्पन्न, २० हजारद्धारा अवलोकन

काठमाडौँ — बसुन्धारास्थित साउथवेस्टर्न स्टेट कलेजले आयोजना गरेको दुइ दिने विज्ञान प्रदर्शनी शुक्रबार सम्पन्न भएको छ । ‘विज्ञान प्रदर्शनी तथा क्यारिअर इन म्यानेज्मेन्ट २०२५’ नाम दिइएको उक्त कार्यक्रमको एक समारोहबिच समापन गरिएको हो ।

विद्यार्थीलाई वैज्ञानिक, व्यवहारिक, जीवनपयोगी, अनुसन्धानात्मक शिक्षा दिनुपर्छ भन्ने सन्देश दिने उद्देश्यले प्रदर्शनीको आयोजना गरिएको हो । कलेजले आयोजना गर्दै आएको विज्ञान प्रदर्शनीको यो १३ औं संस्करण हो ।

प्रदर्शनीको समापान समारोहलाई सम्बोधन गर्दै कलेजका सहायक क्याम्पस प्रमुख हरिसिंह केसीले विद्यार्थीले कक्षामा सिकेका ज्ञानलाई एक अर्काबीच साटासाट गर्न प्रदर्शनी निकै फलदायी भएको बताउनुभयो । शैक्षिक संस्थाहरुले प्रदान गर्ने ज्ञान र व्यवहारिक, जीवनमुखी तथा अनुसन्धानमुखी हुनुपर्ने बताउँदै सहायक प्रचार्य केसीले भन्नुभयो, ‘ विद्यार्थीले हाँसिल गर्ने सिप उत्पादन र बजारसँग मेल खानुपर्छ । यस्तो शिक्षा साउथवेस्टर्न कलेजले प्रदान गर्दै आएको छ ।’

विज्ञान प्रदर्शनीमा नीजिसहित सामुदायिक विद्यालय तथा क्याम्पसको समेत सहभागिता रहेको केसीले जानकारी दिनुभयो । राज्यले विज्ञान तथा प्रविधिको क्षेत्रमा पर्याप्त लगानी गर्न नसकेको अहिलेको अवस्थामा शैक्षिक संस्थाहरुले यस्ता प्रदर्शनी आयोजना गरेर सरकारलाई गुन लगाएको कलेजका अध्यक्ष इन्जिनियर बासुदेव विष्टले बताउनुभयो ।

विद्यार्थीले सैद्धान्तिक रुपमा जानेको ज्ञान र सिपलाई व्यवहारिक रुपमा प्रयोगमा ल्याउन यस्ता प्रदर्शनीले मद्दत पु¥याउने अपेक्षा गरिएको छ । प्रदर्शनीमा करिव २० हजार जनाले अवलोकन गरेको कलेजले जनाएको छ ।

प्रदर्शनीको अवसरमा आयोजना गरिएको विभिन्न प्रतियोगिताका उत्कृष्ट विद्यार्थीहरुलाई नगद, शिल्ड, प्रमाणपत्र प्रदान गरिएको थियो ।

साउथवेस्टर्न स्टेट कलेज टोखा नगरपालिकाको गौरव र अग्रणी शैक्षिक संस्थाको रुपमा चिनिन्छ ।  नीजि शैक्षिक संस्थाले गरिव तथा जेहेन्दार विद्यार्थीलाई उपलब्ध गराउनुपर्ने छात्रवृत्ति साउथवेस्टर्न स्टेट कलेज तथा स्कुलले पुर्ण रुपमा उपलब्ध गराइरहेको क्याम्पसले जनाएको छ । 

कलेजका अन्तर्राष्ट्रिय कार्यक्रम संयोजक सरिता शाक्य प्रधानका अनुसार प्रदर्शनीसँगै निःशुल्क दन्त तथा अन्य स्वास्थ्य परीक्षण, रक्तदान, सोलार अवलोकन, सांगितिक कार्यक्रम लगायतका प्रस्तुती रहेको थियो ।

प्रदर्शनीमा नीजि तथा सामुदायिक विद्यालय तथा कलेजका विद्यार्थीको तर्फबाट ६० वटा भन्दा बढी स्टलहरु राखिएको थियो ।

२०६७ सालमा स्थापना भएको यस कलेज हाल साउथवेस्टर्न समुह अन्तर्गत सञ्चालित छ । यस समुह अन्तर्गत साउथवेस्टर्न स्टेट कलेज, साउथवेस्टर्न स्कुल, साउथवेस्टर्न सेकेण्डरी स्कुल, साउथवेस्टर्न सेन्टर फर रिसर्च एण्ड पिएचडी स्टडिज, साउथवेस्टर्न बिज्नेस कलेज, साउथवेस्टर्न एकेडेमिक रिसर्च सेन्टर लगायतका शैक्षिक संस्थाहरु सञ्चालनमा छ । यि संस्थामार्फत हाल प्ले ग्रुपदेखि पिएचडीसम्मको अध्ययन भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *