रासस

होलिडे ट्रिप नेपाल ट्राभल एण्ड टुर्स प्रालिका प्रवन्ध निर्देशक कार्की सम्मानित

काठमाडौं — होलिडे ट्रिप नेपाल ट्राभल एण्ड टुर्स प्रालिका प्रवन्ध निर्देशक ,युवा पर्यटन व्यवसायी तथा गोखार्ली रग्बी क्लबका संस्थापक अध्यक्ष समाजसेवी रोहित कार्की सम्मानित भएका छन् ।

शहीद दिवसको अवसरमा बुधबार राष्ट्रिय नागरिक विकास समाजले काठमाडौं गरेको बिशेश कार्यक्रममा कार्कीलाई सफल पर्यटन व्यवसायी सम्मानबाट कार्यक्रकामा प्रमुख अतिथि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर साह सुडी बिशिस्ट अतिथि वातावरण राज्यमन्त्री रुपा विकले भव्य समारोहका बीच रोहित कार्कीलाई सम्मान गर्नु भएको हो।


युवा पर्यटन व्यवसायी कार्की होलिडे ट्रिप नेपाल ट्राभल एण्ड टुर्स प्रालिका प्रवन्ध निर्देशक तथा गोखार्ली रग्बी क्लबका संस्थापक अध्यक्ष हुन् ।

सामाजिक कार्यमा समेत सक्रिय रही विभिन्न सामाजिक संघसंस्थामा आवद्ध भएका कार्की निरन्तर काम गर्न सक्ने क्षमतावान, दक्ष र उदाहरणीय युवा उद्यमी अभियन्ता पनि हुन् । जो पर्यटन व्यवसायको क्षेत्रमा प्रखर वक्ता, समाजसेवी साथै खेलकुद अभियन्ताका रुपमा पनि चिरपरिचित छन्।

लामो समय पर्यटन, खेलकुद प्रवद्धर्न, विकास, सामाजिक सेवा र आर्थिक समृद्धिको क्षेत्रमा काम गरेका सरल स्वभावका रोहित कार्की विभिन्न संघसंस्थामा आवद्ध छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *