Home Login

हाम्रो हालको फेसबुक रिल्स

                तस्वीर स्रोत : एन्फा/फेसबुक काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) ले विश्वकप फुटबल छनोटको लागि यूएई जाने राष्ट्रिय फुटबल टोलीलाई बिदाई गरेको छ। शुक्रबार सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा छनोटको दोस्रो चरण खेल्ने टोलीलाई बिदाई गरिएको हो। यस्तै, एन्फाले यूएईविरुद्ध खेल्ने २३ सदसीय टोली पनि घोषणा गरेको छ। […]

साईप्रस । महामहिम राजदूत कान्ता रिजालले गणतन्त्र साईप्रसका राष्ट्रपति H.E. Mr. Nikos Christodoulides समक्ष आफ्नो ‌ओहदाको प्रमाणपत्र (Letters of Credence) पेश गर्नुभएको छ। राष्ट्रपति निवासमा आयोजित एक समारोहका बीच महामहिमले ओहदाको प्रमाणपत्र पेश गर्नुभएको हो। तत्पश्चात् महामहिमले गणतन्त्र साईप्रसका शिक्षामन्त्रीसँग भेटघाट गर्नुभयो। उक्त भेट नेपालबाट साईप्रसमा उच्च शिक्षा अध्ययनका लागि आउने विद्यार्थीको हितको विषयमा केन्द्रित […]

पोर्चुगल । सरकारले अब युरोपको पोर्चुगलमा नेपाली दूतावास स्थापना गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पोर्चुगलमा नेपाली दूतावास स्थापना गरी सनिल नेपाललाई राजदूत सिफारिस गर्ने निर्णय गरेको हो । सरकारले गएको कात्तिक पहिलो साता बसेको मन्त्रिपरिषद् बैठकले युरोपेली मुलुक पोर्चुगलमा आवासीय दूतावास खोल्ने निर्णय गरेको थियो । ४०/५० हजार नेपालीहरु रहेको पोर्चुगलमा यो […]

जाजरकोट । जाजरकोट केन्द्रबिन्दु भएर बुधबार पुनः भूकम्पको धक्का गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जाजरकोटको पैङ्क केन्द्रबिन्दु भएर बुधबार बेलुकी ७ बजेर ५० मिनेटमा ३.५ म्याग्निच्यूडको भूकम्प गएको हो। जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गत शुक्रबार राति गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पपछि त्यहाँ निरन्तर पराकम्प गइरहेको छ।

अनिल रेग्मी / धादिङ । जिल्ला प्रशासन कार्यालय धादिङले गैर आवसिय नेपाली नागरिकता वितरण सुरु गरेको छ । बुधबार प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले नीलकण्ठ –१४ जन्मस्थान भई हाल संयुक्त अधिराज्य बस्ने गंगा बहादुर बस्नेत र गजुरी २ जन्मस्थान भई हाल संयुक्त राज्य अमेरिका बस्ने लक्ष्मी सेढाई गिरीलाई गैर आवासीय नेपाली नागरिकताको प्रमाणपत्र दिई सेवाको […]

साइप्रस / प्रकाश बराइली । यहि आउँदो नोभेम्बर १२ तारिक साइप्रसको राजधानी निकोसियाको डाइमण्ड हलमा  बृहत् तिहार बिशेष साङ्गीतिक कार्यक्रम आयोजना भईरहेको छ । एस.एम. इन्टरटेन्मेण्ट र कोष इन्टरप्राइजेजको मुख्य आयोजकमा आयोजना भईरहेको कार्यक्रममा बहुचर्चित नेपाली गायक प्रमोद खरेलको मनोरञ्जनात्मक साङ्गीतिक प्रस्तुति रहनेछ साथै साइप्रसको स्थानिय नेपाली कलाकारहरुको विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिहरु पनि रहनेछ । गत […]

एजेन्सी । पोर्चुगलका प्रधानमन्त्री एन्टोनियो कोस्टाले ऊर्जासम्बन्धी ठेक्का प्रकरणमा भ्रष्टाचारको आरोपमा मुछिएपछि राजीनामा दिने मङ्गलबार घोषणा गरेका छन् । “प्रधानमन्त्रीको कर्तव्य मेरो निष्ठाको कुनै पनि शङ्कासँग मेल खाँदैन”, राष्ट्रपति मार्सेलो रेबेलो डी सूसासँग संक्षिप्त कुराकानी पछि आयोजित पत्रकार सम्मेलनमा कोस्टाले भन्नुभयो, “यस्तो अवस्थामा मैले गणतन्त्रका राष्ट्रपति समक्ष राजीनामा बुझाएको छु ।” यसअघि मङ्गलबार पोर्चुगाली सञ्चारमाध्यमले अनुसन्धान […]

काठमाडौं । तिहार आउन अब केही दिनमात्र बाँकी छ । तिहारको प्रमुख दिन भाइटीकाको शुभ साइत नेपालमा कात्तिक २९ गते बुधबार बिहान १० बजेर ५१ मिनेट रहेको छ । विदेशमा भने फरक–फरक समयमा उत्तम साइत परेको छ । विदेशमा रहेकाहरूलाई लक्षित गरेर अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले भाइटीका लगाउने उत्तम साइत सार्वजनिक गरेको छ ।  कुन देशमा कहिले ?

पोर्चुगल । पत्रकार जनक बरालले गैरआवासीय नेपाली नगरिकता प्राप्त गरेका छन् । कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको हातबाट सोमबार उनले नागरिकता प्राप्त गरेको बरालले जानकारी दिनु भयो ।           गैरआवासीय नेपाली नगरिकता जनक बराल केही साता मात्र गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न ११औं महाधिवेशन सम्पन्न भएको थियो । […]

जाजरकोट केन्द्रविन्दु भएर फेरि भूकम्प गएको छ।  बारेकोट गाउँपालिका-१ रामीडाँडा केन्द्रबिन्दु भएर आइतबार बिहान २ पटक भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। केन्द्रका अनुसार आइतबार बिहान १:२२ बजे ४ रेक्टर स्केल र बिहान ४:५३ बजे ३.८ रेक्टर स्केलको भूकम्प गएको हो।