आइतबार ‘बायोम्याट्रिक’ गर्न आउने बारेको जानकारी

पोर्चुगल । पोर्चुगलको  राजधानी लिस्वनस्थित अवैतनिक नेपाली महाबाणिज्य दूतावासको समन्वय, सहयोग अनि सहजीकरणमा फ्रान्सस्थित नेपाली राजदूतावासबाट आउने टोलीले यही २४ देखि ३१ मार्च २०२४ सम्म जैविक तथ्यांक संकलन गर्ने ब्यहोरा सम्बन्धित सबैका लागि अनुरोध गरेको छ ।

२४ तारिख अर्थात आइतबार ‘बायोम्याट्रिक’ का लागि ‘इन्रोलमेन्ट सेन्टर’ Rua Jose Estevao, N. 44A, 1150-203, Lisboa मा उपस्थित हुनका लागि निम्न आवेदकहरुलाई फ्रान्सस्थित नेपाली राजदूतावासबाट अनुरोध गरिएको छ ।

यसका साथै सो दिनका लागि नामावली सार्वजनिक भएका आवेदकबाहेक अन्य महानुभावहरुलाई ‘इन्रोलमेन्ट सेन्टर’ मा उपस्थित नहुन पनि अनुरोध गरिएको छ ।

नोटः राहदानी नविकरणका लागि सक्कल राहदानी र नागरिकता आवश्यक पर्नेछ भने हराएको हकमा सक्कल नागरिकता, हराएको राहदानीको प्रतिलिपी तथा प्रहरी ‘रिपोर्ट’ अनिवार्य रुपमा साथमा ल्याउनुपर्नेछ ।

यस्तै नागरिकता हराएको खण्डमा जिल्ला प्रशासन कार्यालयबाट प्रमाणित अभिलेख साथमा ल्याउनुपर्नेछ । बालबालिकाको नयाँ राहदानी बनाउनुपरेमा जन्मदर्ता, बाबुआमाको विवाह दर्तासँगै उनिहरुको नागरिकता र राहदानीको प्रतिलिपीको साथमा ‘कन्सुलेट कार्ड’ अनिवार्य ल्याउनुपर्नेछ भने नविकरणको हकमा नाबालक परिचयपत्रसँगै बच्चाको राहदानी, जन्मदर्ता, बाबुआमाको विवाह दर्ता र नागरिकताका कागजातहरु आवश्यक पर्नेछ ।

‘बायोम्याट्रिक’ विहान ८ देखि साँझ ६ बजेसम्म चल्नेछ ।बायोम्याट्रिक ‘Rua Jose Estevao, N. 44A, 1150-203, Lisboa’ मा हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *