Home Login

माल्टा — नेपालमा पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने हेतुले युरोपेली मुलुक माल्टामा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् माल्टाको आयोजनामा नेपाली ‘नयाँ वर्ष २०८२’ मनाउने भएको छ । नेपालको राष्ट्रिय झन्डा फरफराउँदै, नेपालीको पहिचान झल्काउने राष्ट्रिय पोसाक लगाएर मौलिक पहिरन र पहिचानका साथ माल्टाको राजधानी भेलेटामा नेपाली नयाँ वर्ष २०८२ मनाउने भएको हो। वैशाख १ […]

नेपालको मौलिक खानाको विविधता, सांस्कृतिक धरोहर, र परम्परागत स्वादलाई विश्वसामु चिनाउने उद्देश्यले आउँदो वैशाख ६ गते काठमाडौंको भृकुटीमण्डप स्थित प्रदर्शनी मार्गमा पहिलो अन्तर्राष्ट्रिय नेपाली फुड फेस्टिभल आयोजना हुन गइरहेको छ । नेपाल तथा विदेशमा कार्यरत नेपाली सेफहरूको समन्वयमा नेपाली सेफ सोसाइटी र अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको संयुक्त पहलमा हुन लागेको यस ऐतिहासिक फेस्टिभलका विविध पक्षबारे […]

काठमाडौं — काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल युरोपियन युनियनको निमन्त्रणामा आज बेल्जियम प्रस्थान गर्ने भएकी छिन् । युरोपियन युनियनले अघि बढाएका असल अभ्यासहरुबारे जानकारी दिने र काठमाडौं महानगरपालिकाले अघि बढाएका असल अभ्यासबारे पनि जानकारी लिने उदेश्यले डंगोललाई युरोपियन युनियनले बेल्जियममा आमन्त्रण गरेको हो । उपप्रमुख डंगोलले त्यहाँ सहरी विकासकामा गरेका प्रगतिबारे विभिन्न स्थानहरुको अध्ययन भ्रमण […]

आज मिति २०८१ चैत २३ गते शनिबार । तदनुसार २०२५ अप्रिल ५, चैत शुक्ल पक्षको अष्टमी तिथि। चैत दशैँ। गोरखकाली पूजा। यो राशिफल धादिङ जिल्ला गंगा जमुना गाउँ पालिका ७ बुढाथुममा बसोबास गर्ने गुरु दयाराम रेग्मीले तयार पार्नु भएको हो । मेष : दिन सामान्य राम्रो छ। सहकार्यमा गरेको व्यापारबाट घाटा हुने जोखिम छ। उपचारमा […]

बेल्जियम — गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् बेल्जियमले एनआरएनए  उच्चस्तरीय समितिको वेबसाइटबाट  सदस्य बन्न आह्वान गरेको छ । सङ्घकी अध्यक्ष सीता सापकोटाले  एनसीसी बेल्जियमले  उच्चस्तरीय समितिको वेबसाइटबाट  सदस्य बन्न बेल्जियम निवासी सबै एनआरएनहरूलाई आह्वान गर्ने जानकारी दिइन् । सामाजिक सञ्जाल फेसबुकमार्फत एक अपिल गर्दै अध्यक्ष सापकोटाले अप्रिल ७ तारिख, २०२५ भित्र सदस्यता लिएर […]

आज मिति २०८१ चैत २२ गते शुक्रबार। तदनुसार २०२५ अप्रिल ४, चैत शुक्ल सप्तमी तिथि। शोभन गर मृगशिरा पञ्चांङ दिनको राशिफल। यो राशि धादिङ जिल्ला गंगा जमुना गाउँ पालिका ७ बुढाथुममा बसोबास गर्ने गुरु दयाराम रेग्मीले तयार पार्नु भएको हो । मेष — स्वास्थ्यमा सुधार आउनेछ। भेटघाटमा समय बित्नेछ। विश्वास गरेकाले साथ दिनेछन्। रोकिएका कामहरु […]

पोर्चुगल — फागुन २३ बाट प्रदर्शनमा आएको चलचित्र होस्टेल’ को तेस्रो शृंखला ‘होस्टेल–३’ युरोपको पोर्चुगलमा अप्रिल ६ देखि प्रदर्शन हुने भएको छ। राजधानी लिस्बनस्थित ‘सिनेमा आइडलमा’ मा प्रदर्शनमा आउने चलचित्र पोर्चुगलस्थित नेल्स इन्टरटेन्मेन्टले प्रदर्शनमा ल्याउन लागेको नेल्स इन्टरटेन्मेन्टका सञ्चालक समिर गुरुङले जानकारी दिए। उक्त चलचित्र पोर्चुगलको राजधानी लिस्बनमा अप्रिल ६ आइतबार, अप्रिल ७ सोमबार, अप्रिल ८ […]

लन्डन – लामो समयदेखि चल्दै आएको यात्रा नियममा परिवर्तन गर्दै, बुधबारदेखि बेलायत आउने युरोपेली नागरिकहरूलाई अनिवार्य प्रवेश अनुमति आवश्यक पर्नेछ। बेलायती सरकारले यो नियमले सीमा सुरक्षालाई मजबुत बनाउने बताएको छ। इलेक्ट्रोनिक ट्राभल अथराइजेशन (ETA) अनलाइन £१० (१२ यूरो) मा केही दिनभित्र किन्न सकिन्छ, तर अप्रिल ९ देखि यसको मूल्य £१६ पुग्नेछ। यो प्रणाली अमेरिकामा चलिरहेको […]

लन्डन । बेलायत सरकारले अप्रिल १ तारिखदेखि लागू हुने गरी कामदारहरुको न्यूनतम ज्याला (नेशनल मिनिमम वेजेज) वृद्धि गरेको छ । ६ दशमलव ७ प्रतिशत वृद्धिसंगै यसअघि ११ दशमलव ४४ पाउण्ड प्रतिघण्टा रहेको न्यूनतम ज्याला अब प्रतिघण्टा १२ पाउन्ड २१ पेन्स पुगेको छ । उक्त वृद्धिसंगै फुलटाइम काम गर्ने एकजना कामदारले वार्षिक १ हजार ४ सय […]

चितवन । चितवन जिल्ला अदालतमा जर्मनीका लागि नेपाली राजदूत डा. शैल रुपाखेतीविरुद्ध जालसाजीको कसूरमा फौजदारी मुद्दा दायर भएको छ। भरतपुर महानगरपालिका–१० मा रहेको सासु विष्णु माया पौडेलको नाममा रहेको जग्गाको हक हस्तान्तरणका क्रममा अन्य अंशियारको हक मेट्ने गरी लिखत साक्षी बसेको आरोपमा उनीविरुद्ध मुद्दा दायर भएको खुल्न आएको हो। चितवन जिल्ला अदालतका सूचना अधिकारी अमृत […]